केहि दिन अघि नेपाल धितोपत्र बोर्डले ३३ प्रतिशत ब्रोकर कमिशन घटाएकोमा पुन: ब्रोकरहरुको कुल आम्दानीको एक प्रतिशत रकम सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने व्यवस्था लागु  गरेको छ । ब्रोकर कमिशन घटाउँदा नाफा घटेका ब्रोकरहरुको बोर्डको यो निर्णयले खर्च बढाउने भएको छ ।
बोर्डले धितोपत्र बजारसम्बद्ध सबै पक्षहरुको सहभागिताको आवश्यकता देखिएको भन्दै केन्द्रिय निक्षेप कम्पनी, क्रेडिट रेटीङ्ग संस्था, धितोपत्र दलाल तथा धितोपत्र व्यापारीहरुले आफ्नो खुद मुनाफाको एक प्रतिशत रकम छुट्याई संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धि कार्य विशेष गरी लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यमा खर्च गर्नुपर्ने र खर्च गर्दा सबै प्रदेशमा आवश्यकता अनुरुप खर्चको वितरण हुनुपर्ने व्यवस्था गरेको हो । 
मर्चेन्ट बैंकरको सन्दर्भमा भने संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धि व्यवस्था कार्यान्वयनमा आइसकेको छ ।

                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस