Like us!
Follow us!
Connect us!
Watch us!

कमिसन घटाउन धितोपत्र बोर्ड दलालको प्रभावमा परेको लगानीकर्ताको आरोप

अर्थ संसार

शुक्रबार, १० पुस २०७७, १८ : ०३ मा प्रकाशित

कमिसन घटाउन धितोपत्र बोर्ड दलालको प्रभावमा परेको लगानीकर्ताको आरोप

अर्थ संसार, काठमाडौं– काठमाडौं धितोपत्र बोर्डले लामो समयदेखि लगानीकर्ताकले गर्दै आएको धितोपत्र दलाललाई तिर्नु पर्ने कमिसन घटाउने माग आँखामा छारो हाल्ने गरी घटाएको छ । समग्रमा ३३ प्रतिशतले ब्रोकर कमिसन घटाउने निर्णय बोर्डले गरेको छ । पछिल्लो समय नेपालको धितोपत्र बजारमा ८५ प्रतिशत भन्दा बढी कारोबार अनलाईन मार्फत हुने गरेकोे ।

लगानीकर्ताले धितोपत्र ट्रान्सफर पनि इलेक्ट्रोनिक माध्यम (इडिआइएस) बाट गदैै आएका छन् । यसले गर्दा धितोपत्र दलालको भूमिका खुम्चिँदै गएका बेला कमिसन रकम अचाक्ली भएको भन्दै लगानीकर्ताहरुले त्यसलाई घटाउन माग गर्दै आएका थिए । बोर्डले धितोपत्र दलालहरुको प्रभावमा परेर ब्रोकर कमिसन न्युन मात्रामा घटाएको लगानीकर्ताहरुको आरोप छ । धितोपत्र बोर्डले घटाएको कमिसन आफूहरुलाई चित्त नबुझेको इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन् । हामी दलाललाई तिर्ने कमिसन अधिकतम ०.२५ प्रतिशत बनाउनु पर्छ भनेर माग गर्दै आएका छौं, उनले भने, बोर्डले न्युनतम पनि त्यो भन्दा बढी (२७ प्रतिशत) बनाएको छ । बोर्डले हाम्रो माग सम्बोधन गरेन ।

रौनियारले १ करोडभन्दा बढीको कारोबारमा ०.२७ प्रतिशत कमिसन लगाउने भनेर घटाएजस्तो गरे पनि त्यत्रो कारोबार एकै पटक कसैले नगर्ने बताए । बोर्डले कमिसन घटाएर५०,००० सम्मको कारोवारमा ०.४० प्रतिशत, ५०,००० भन्दामाथि रु. ५,००,००० सम्मको कारोवारमा ०.३७ प्रतिशत, ५,००,००० भन्दामाथि २०,००,००० सम्मको कारोवारमा  ०.३४ प्रतिशत, २०,००,००० भन्दामाथि १,००,००,००० सम्मको कारोवारमा ०.३० प्रतिशत र १,००,००,००० भन्दा माथि जतिसुकैको कारोवारमा पनि ०.२७ प्रतिशत कमिसन तोकेको छ ।

यस्तै सामुहिक लगानी कोषको इकाई तथा अन्य धितोपत्रको हकमा धितोपत्र दलाली वापत लिन पाउने सेवा शुल्कः ५,००,००० सम्मको कारोवारमा ०.१५ प्रतिशत, ५,००,००० भन्दामाथि ५०,००,००० सम्मको कारोवारमा ०.१२ प्रतिशत र ५०,००,००० भन्दामाथि जतिसुकैको कारोवारमा ०.१० प्रतिशत शुल्क लिन पाउने ब्यवस्था गरिएको छ ।

यसअघि लगानीकर्ताहरुले लगानीकर्ताले ५० हजार रुपैयाँसम्मको सेयर किनबेचमा कारोबार रकमको ०.६ प्रतिशत कमिसन तिर्नुपर्छ । ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको किनबेचमा ०.५५ प्रतिशत, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.५० प्रतिशत र २० लाखदेखि १करोडसम्मको कारोबारमा ०.४५ प्रतिशत र सोभन्दा माथिको कारोबारमा ०.४० प्रतिशत कमिसन तिरदै आएका थिए । इन्भेस्टर्स फोरमका अध्यक्ष रौनियार कारोबार रकम बढेका बेला लागत घटाउनु पर्ने बताउँछन् ।

नयाँ कमिसन किन्दा बेच्दा दुवैले तिर्नु पर्ने भएकाले सोचेभन्दा धेरै भएको बताए । लगानीकर्ताहरुका संगठनका प्रतिनिधिहरु बसेर के गर्ने भनेर निर्णय निर्णय गर्ने उनले बताए । अन्यत्रको अभ्यास हेर्ने हो भने नेपालको कमिसन धेरै भएको उनको भनाइ छ । भारतमा ब्रोकरले ब्रोकर कमिसन लिन्नँ भन्न पनि पाइन्छ । त्यहाँ ब्रोकरकहाँ एक पटक खाता खोल्दा एकमुष्ट १० हजार रूपैयाँ तिरेपछि बर्षभरि जतिसुकै कारोबार गरे पनि अतिरिक्त कमिसन नलाग्ने त्यहाँका ब्रोकरहरूले व्यवस्था गरेका छन् ।

नेपालमा भने ०.४० प्रतिशतभन्दा कम कमिसन लिन्नँ भन्नै पाइँदैन । उत्तरको छिमेकी चीनमा औसत ब्रोकर कमिसन ०.०३१ प्रतिशत मात्रै छ। नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल पनि आफूहरुको माग अनुसार ब्रोकर कमिसन नघटेको बताउँछिन् । बजारमा दैनिक अर्बौंको कारोबार भइरहेको छ, उनले भनिन्, कारोबारको भोलुम हेर्दा अहिले घटाइएको कमिसन अत्यधिक हो । हाम्रो मागलाई धितोपत्र बोर्डले संबोधन गरेन ।

उनले आफूहरुले अधिकतम ०.२५ प्रतिशत कमिसन कायम हुनु पर्छ भनिरहँदा सामान्य लगानीकर्ताले त्यो पनि धेरै भयो, अधिकतम ०.१० भन्दा हुनुहुँदैन भनेको स्मरण गर्दै पोखरेलले बोर्डले अझै कमिसन घटाउनु पर्ने बताइन् । सेयर ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनाली भने आफूहरुको अपेक्षा भन्दा बोर्डले धेरै कमिसन घटाएको बताउँछन् । हामीले घट्ने ठाउँ देखेका थिएनौं । उनले भने, अहिलेको कारोबार भोलुम हेर्दा ठिकै होला । दीर्घकालमा भने यसले ब्यवसायलाई नै प्रभाव पार्न सक्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको