Like us!
Follow us!
Connect us!
Watch us!

तपाइँलाई थाहा छ ? कतिसम्मको कारोबारमा कति तिर्नुपर्छ ब्रोकर कमिसन ?

अर्थ संसार

मंगलबार, ०८ चैत्र २०७८, १३ : १२ मा प्रकाशित

तपाइँलाई थाहा छ ? कतिसम्मको कारोबारमा कति तिर्नुपर्छ ब्रोकर कमिसन ?

पछिल्लाे समय सेयर बजारमा नयाँ लगानीकर्ताहरू भित्रिने क्रम बढ्दाे छ । नयाँ लगानीकर्ताहरूलाई साना-तिना कुराहरू पनि थाहा नहुन सक्छ । ब्राेकर कमिसन पनि लगानीकर्ताहरूलाई थाहा हुनै पर्ने कुरामध्येकाे एक हाे । 

विभिन्न किसिमका सेयरहरु किनबेच गर्दा लगानीकर्ताले धितोपत्र दलाल (ब्राेकर) लाई कमिसन तिर्नुपर्छ । भिन्न भिन्न काराेबारका लागि नियमन निकाय नेपाल धितोपत्र बोर्डले छुट्टाछुट्टै कमिसनको दर भिन्न किसिमले निर्धारण गरेको हुन्छ ।

ब्रोकर कम्पनी भनेका को हुन् ?

ब्रोकर भनेका धितोपत्र बोर्डबाट सेयरको कारोबार गर्न इजाजत प्राप्त संस्था हुन् । जसलाई धितोपत्र व्यवसायी पनि भनिन्छ । लगानीकर्ता र कम्पनीबीचको पुलको काम गर्ने निकायलाई ब्रोकर भनिन्छ । 

हाल नेपालमा ५० वटा ब्रोकर कम्पनी र तिनका ४७ वटा शाखाहरु नेपालका प्रमुख शहरहरुमा छन् । तपाईहरुलाई जहाँ पायक पर्छ, त्यहीको राम्रो ब्रोकर कम्पनीबाट सेयर खरिदबिक्री गर्न सक्नुहुन्छ। ब्रोकर कम्पनी  छनौट गर्दा राम्रो, अहिलेसम्म कुनै कारबाहीमा नपरेको कम्पनी छान्नुहोला । हालै बजारमा संस्थागत लगानीकर्ताको रूपमा भित्रिएको नागरिक स्टक डिलरले ५०१ नम्बरबाट डिलरको रूपमा काम गर्दछ । यो डिलर कम्पनीले भने सिधै कारोबार गर्न पाउछ । यसलाइ ब्रोकर कम्पनीको आवश्यकता पर्दैन ।

ब्रोकर खाता कसरी खोल्ने ?

ब्रोकर कम्पनीमा गएर ग्राहक खाता खोल्ने । ग्राहक खाता खोल्न नागरिकताको प्रतिलिपी, फोटो, कारोबार गर्ने बैंक खाता नम्बर र डिम्याट खाता नम्बर चाहिन्छ। यो खाता खोलेपश्चात् तपाइँले Manually कारोबार गर्न सक्नुहुन्छ । ब्रोकर खाता भएपछि तपाइँले ब्रोकरसँगको सम्पर्कमा आफूसँग भएको सेयर बिक्री गर्न सक्नुहुन्छ ।

घरमै बसीबसी सेयर किन्ने वा बेच्न सबैको चाहानु हुन्छ तर यसबारे ज्ञान नहुँदा धेरैलाई समस्या पर्ने गरेको छ । घरमै बसीबसी अनलाइनमार्फत सेयर कारोबार गर्नका लागि टिएमएस सेवा लिनुपर्छ । Trade Management System नामक यो सेवा तपाइँले ब्रोकरकोबाट खोल्नुपर्छ । सर्वप्रथम ब्रोकरसँग एउटा सम्झौतापत्रमा हस्ताक्षर गर्नुपर्छ । सम्झौता भएपछि ब्रोकरले तपाइँलाई टिएमएसको एउटा URL उपलब्ध गराउँछ । त्यो URL थिचेर तपाइँले युजर नेम हालेपछि पासवर्ड परिवर्तन गर्नुपर्छ । त्यसपछी आफ्नो नयाँ पासवर्ड र ब्रोकरले दिएको युजर  नेमबाट तपाइँले टिएमएस लगइन गर्न सक्नुहुन्छ ।

विभिन्न प्रकारकाे काराेबारमा लाग्ने कमिसन विवरण तल उल्लेख गरिएकाे छ :

सेयरको कारोबारमा

क्र.सं.           विवरण (रु.)                                       कमिसन (प्रतिशत)

१                  ५०,००० सम्म                                         ०.४०
२                 ५०,००१ देखि ५,००,००० सम्म                 ०.३७
३                 ५,००,००१ देखि २०,००,००० सम्म            ०.३४
४                 २०,००,००१ देखि १,००,००,००० सम्म       ०.३०
५                 १,००,००,००० देखि माथी                         ०.२७

सरकारी तथा संस्थागत ऋणपत्रको कारोबारमा

क्र.सं.          विवरण (रु.)                                    कमिसन (प्रतिशत)

१                 ५,००,००० सम्म                                    ०.१०
२                 ५,००,००१ देखि ५०,००,००० सम्म         ०.०५
३                 ५०,००,००० देखि माथी                         ०.०२

सामुहीक लगानी कोष तथा अन्य धितोपत्रको कारोबारमा

क्र.सं.           विवरण (रु.)                                कमिसन (प्रतिशत)

१                  ५,००,००० सम्म                                ०.१५
२                  ५,००,००१ देखि ५०,००,००० सम्म     ०.१२
३                  ५०,००,००० देखि माथी                     ०.१०

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको