Like us!
Follow us!
Connect us!
Watch us!

घटेको ब्रोकर कमिशन जेठ १ देखि लागू हुने

अर्थ संसार

सोमबार, २४ बैशाख २०८१, ११ : ४७ मा प्रकाशित

घटेको ब्रोकर कमिशन जेठ १ देखि लागू हुने

नेपाल धितोपत्र बोर्डको आइतबार बसेको सञ्चालक समितिको बैठकले जेठ १ गतेदेखि लागू हुनेगरी ब्रोकर कमिसन १० प्रतिशतले घटाउने निर्णय गरेको छ ।

धितोपत्र बोर्डले गरेको अध्ययन अनुसार नै हालको शुल्कमा १० प्रतिशत घटाउन अर्थमन्त्रालयले अनुमति प्रदान गरेको हो । हाल पाँच स्ल्याबमा गरि कारोबार रकम अनुसार विभिन्न कमिशन दर तय गरिएको छ । लगानीकर्ताले हाल ५० हजार रूपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजारदेखि पाँच लाख रूपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, पाँच लाखदेखि २० लाख रूपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि एक करोड रूपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत र एक करोड रूपैयाँभन्दा धेरैमा ०.२७ प्रतिशतसम्म कमिसन शुल्क तिर्दै आएका छन् ।

नयाँ व्यवस्था अनुसार अब ५० हजार रूपैयाँसम्मको कारोबारमा ०.३६ प्रतिशत, ५० हजारदेखि ५ लाख रूपैयाँसम्मको कारोबारमा ०.३३ प्रतिशत, पाँच लाखदेखि २० लाख रूपैयाँसम्मको कारोबारमा ०.३०६ प्रतिशत, यस्तै २० लाखदेखि एक करोड रूपैयाँसम्म ०.२७ प्रतिशत र १ करोड रूपैयाँभन्दा माथिको कारोबारमा ०.२४३ प्रतिशतसम्म कमिसन लाग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको