Like us!
Follow us!
Connect us!
Watch us!

घटेको ब्रोकर कमिसन आजबाट लागू हुँदै, एक लाखको कारोबारमा अब ३३० कमिसन

अर्थ संसार

मंगलबार, ०१ जेठ २०८१, ०९ : ०८ मा प्रकाशित

घटेको ब्रोकर कमिसन आजबाट लागू हुँदै, एक लाखको कारोबारमा अब ३३० कमिसन

आज जेठ १ गतेबाट १० प्रतिशतले घटेको ब्रोकर कमिसन लागू हुने भएको छ ।

गत वैशाख २३ गते नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकको निर्णय अनुसार आजदेखि घटेको ब्रोकर कमिसन अनुसार कारोबार हुने भएको हो । ब्रोकर कमिसन पाँच स्ल्याबमा गरि कारोबार रकम अनुसार विभिन्न दर तय गरिएको छ । लगानीकर्ताले हाल ५० हजार रूपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजारदेखि पाँच लाख रूपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, पाँच लाखदेखि २० लाख रूपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि एक करोड रूपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत र एक करोड रूपैयाँभन्दा धेरैमा ०.२७ प्रतिशतसम्म कमिसन शुल्क तिर्दै आएका छन् ।

नयाँ व्यवस्था अनुसार अब आजदेखि ५० हजार रूपैयाँसम्मको कारोबारमा ०.३६ प्रतिशत, ५० हजारदेखि ५ लाख रूपैयाँसम्मको कारोबारमा ०.३३ प्रतिशत, पाँच लाखदेखि २० लाख रूपैयाँसम्मको कारोबारमा ०.३०६ प्रतिशत, यस्तै २० लाखदेखि एक करोड रूपैयाँसम्म ०.२७ प्रतिशत र १ करोड रूपैयाँभन्दा माथिको कारोबारमा ०.२४३ प्रतिशतसम्म कमिसन लाग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको