Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम लाइफ इन्स्योरेन्सको १५ प्रतिशत लाभांश साधारणसभाबाट पारित

अर्थ संसार

सोमबार, २७ पुस २०७७, १६ : १९ मा प्रकाशित

प्राइम लाइफ इन्स्योरेन्सको १५ प्रतिशत लाभांश साधारणसभाबाट पारित

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेह्रौंं वार्षिक साधारणसभा  सोमबार  सम्पन्न भएको छ । साधारणसभा कम्पनीको प्रधान कार्यालय, हात्तीसार, काठमाडौंबाट भिडियो कन्फरेन्सको माध्यमबाट बिहान ११ बजे सुरु  भएको थियो । 

सभाले कम्पनीको संचालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश र ७ प्रतिशत बोनस सेयर पारित गरेको छ । 

यसका साथै, कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गेको छ ।

त्यसै गरी आर्थिक वर्ष २०७५/७६ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको