Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम लाइफ इन्स्योरेन्सलाई जरिवाना  !

अर्थ संसार

आइतबार, १६ माघ २०७८, १६ : ५९ मा प्रकाशित

प्राइम लाइफ इन्स्योरेन्सलाई जरिवाना  !

प्राइम लाइफ इन्स्योरेन्सले बीमा समितिलाई जरीवाना तिर्नु पर्ने भएको छ ।  

बीमा समितिले समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका, २०७५ तथा वैदेशिक रोजगार म्यादी जीवनबीमा सम्बन्धी निर्देशन, २०७३ विपरित कार्य गरेका कारण प्राइम लाइफ इन्स्योरेन्सलाई दशहजार रूपियाँ जरिवाना गर्ने निर्णय बीमा समितिले गरेको हो । 

समितिबाट प्राइम लाइफ इन्स्योरेन्सको स्थलगत निरीक्षण हुँदा सो कम्पनीले सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा १२ उल्लङ्घन गरी तलब भत्ता निर्धारण नै नगरी कर्मचारीका नाममा ठूलो रकम खर्च गरेको, बीमितको हित विपरित नक्कली बीमा लेख जारी हुन गरेको पाइएको बीमा समितिले जनाएको छ ।  

वैदेशिक रोजगार म्यादी जीवनबीमा सम्बन्धी निर्देशन, २०७३ बमोजिम सुरकि्षत, मर्यादित र व्यवस्थितरूपले वैदेशिक रोजगार बीमा नगरेको देखिएकाले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम उक्त कम्पनीलाई जरिवाना गर्ने निर्णय गरिएको बीमा समितिले जनाएको छ । 

61f675543dc5d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको