Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, मर्जर प्रस्ताव पारित

अर्थ संसार

बुधबार, ०६ बैशाख २०८०, १३ : २७ मा प्रकाशित

प्राइम लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, मर्जर प्रस्ताव पारित

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष पियुष राज अर्यालको अध्यक्षतामा अग्रवाल सेवा केन्द्र, कमलपोखरी, काठमाडौंमा सम्पन्न भएको हो ।

उक्त सभाले प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबीच एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रस्ताव पारित गरेको छ भने साथै तीन जीवन बीमा कम्पनी एक आपसमा गाभिएपश्चात बन्ने जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम ‘हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड’ कायम गरी सो नामबाट जीवन बीमा व्यवसाय संचालन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको हो ।

त्यस्तै, प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफबीच एक आपसमा गाभ्ने।गाभिने प्रयोजनको लागि मुल्यांकनकर्ता सुबोध एण्ड एशोसिएट्स, चार्टड एकाउण्टेन्टसद्वारा तयार गरिएको तीन कम्पनीको चल–अचल सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध ब्यवस्था समेतका आधारमा निर्धारण गरिएको आधारमा प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफको (तीनै कम्पनीको सेयर अनुपात क्रमशः १:१:१ कायम गरी मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको