Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक पेन्सन योजनाको अनलाइन रजिष्ट्रेसन सेवा सुरु

अर्थ संसार

सोमबार, २७ पुस २०७७, १६ : ३६ मा प्रकाशित

नागरिक पेन्सन योजनाको अनलाइन रजिष्ट्रेसन सेवा सुरु

नागरिक लगानी कोषले नागरिक पेन्सन योजनाको अनलाइन रजिष्ट्रेसन सेवा सुरु गरेको छ । अनलाइन रजिष्ट्रेसन सेवाको सुरुवातसँगै यसमा सहभागी हुन चाहनेले कोषको कार्यालयमा आउन नपर्ने भएको छ । यस्को लागि योजनामा सहभागी हुनको लागि http://nlk.org.np/home मा गएर Eservice मा गएपछि New-E-service login पश्चात Ragister For Penson Yojana वा https://eservicenew.nlk.org.np/Portal/SchemeAccountOpeningKycMaster/Create मा login गरी सहभागी हुन चाहनेले पोर्टलमा उल्लेख गरे अनुसारको विवरण भरेपछि अनलाइन सेवा लिन सक्नेछन ।   

यो योजना सबै नेपालीलाई सहभागी गराउने गरी ल्याइएको योजना भएको हुँदा इन्टरनेट सेवा पुगेका स्थानबाट सहभागी हुन इच्छुक व्यक्तिहरुले सजिलै सहभागी हुन सक्नेछन् । यस योजनामा आय आर्जन गर्ने जो सुकै, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था, एबं प्रतिष्ठानमा कार्यरत श्रमिक÷कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासिय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्नेछन् । 

यसमा सहभागी हुने बचतकर्ताहरुले न्यूनतम मासिक ५ सयरुपैँयादेखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा रकम जम्मा गर्न सक्नेछन् । बचतकर्ताको आम्दानीको आधारमा मासिक/त्रैमासिक/अर्धवार्षिक/वार्षिकरुपमा पनि रकम जम्मा गर्न सकिने विशेषता समेत रहेको छ । 

पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर साठी वर्ष पुरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ । बचतकर्र्ताले १५ वर्ष नपुग्दै रकम फिर्ता लिन चाहेमा वा १५ बर्ष पश्चात समेत एकमुष्ठ रकम लिन चाहेमा त्यसको ब्याज र प्रतिफल भूक्तानी लिन सक्नेछन् । कोषको अन्य योजनामा जम्मा भएको वा सहभागीको पारिश्रमिक वा स्वरोजगारीबाट आर्जित रकम एकमुष्ठ रुपमा तोकिएको न्यूनतम किस्ताले हुने जम्मा गर्ने सहभागीले समेत यस योजनामा सहभागी हुन सक्नेछन् । सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीवाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउन सक्ने व्यवस्था रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको