Like us!
Follow us!
Connect us!
Watch us!

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद समायोजन

अर्थ संसार

बुधबार, २९ पुस २०७७, ०८ : १९ मा प्रकाशित

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नारायणी डेभलपमेन्ट बैंक लिमिटेडकाे हकप्रदमा मूल्य समायाेजन भएकाे छ ।

बैंककाे १०० प्रतिशत हकप्रद सेयर पछि नेप्सेले प्रतिकित्ता ४६५ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ८२९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकले माघ १३ गते, मंगलबारदेखि १:१ अर्थात एक कित्ता शेयर बराबर एकको अनुपातमा ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद शेयर निष्कासन गर्दैछ ।

उक्त हकप्रदमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले माघ १३ गतेदेखि फागुन ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

बैंककाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको