Like us!
Follow us!
Connect us!
Watch us!

मोबाईल बैंकिङको पासवार्ड बिर्सिनु भयो ? अव आफै पासवार्ड सेट गर्न सकिने

अर्थ संसार

शुक्रबार, ०२ माघ २०७७, १४ : ५१ मा प्रकाशित

मोबाईल बैंकिङको पासवार्ड बिर्सिनु भयो ? अव आफै पासवार्ड सेट गर्न सकिने

मोबाइल बैंकिङको पासवार्ड बिर्सियर नयाँ पासवार्ड प्राप्त गर्नका बैंक धाउनुपर्ने बाध्यता अब हट्ने भएको छ । 

नेपाल राष्ट्र बैंकले हालै एक र्निदेशन जारी गर्दै बैंकहरुलाई ग्राहकले मोबाईल बैंकिङको पासवार्ड बिर्सिएमा नयाँ पासवार्डका लागि बैंक धाउनुपर्ने बाध्यता हटाउने व्यवस्था गर्न भनेको हो ।

अहिले सम्म ग्राहकहरुले पासवार्ड बिर्सियमा पुनः नयाँ पासवार्ड प्राप्त गर्नका लागि बैंक नै जानुपर्ने बाध्यता छ । अब केन्द्रिय बैंकको उत्त र्निदेशन संगै ग्राहकले आफ्नो मोबाइल बैंकिङको पासवार्ड बिर्सियमा आफैले फरगट पासवार्ड गरी नयाँ पासवार्ड सेट गर्न सक्ने छन् । 

केन्द्रिय बैंकको उत्त र्निदेशन लागु भए संगै मोबाईल बैंकिङका प्रयोगकर्ताहरुको पैसा र समय दुबै बचत हुने अपेक्षा राखिएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको