Like us!
Follow us!
Connect us!
Watch us!

माघ ११ गतेबाट ‘टी प्लस टु’ लागू हुने

अर्थ संसार

शनिबार, ०३ माघ २०७७, १३ : ४८ मा प्रकाशित

माघ ११ गतेबाट ‘टी प्लस टु’ लागू हुने

माघ ११ गते आइतबारबाट सेयर कारोबारको राफसाफ तथा फछर्यौट चक्र ‘टी प्लस टु’  लागू हुने भएको छ । 

हिजाे शुक्रबार केन्द्रीय निक्षेप प्रणाली (सीडिएससी) र ब्रोकरबीच भएकाे छलफलमा माघ ११ गते आइतबारबाट ‘टी प्लस टु’ लागू  गर्ने निर्णय भएको ब्रोकर एशोशियसनका अध्यक्ष सन्तोष मैनालीले जानकारी दिएका छन् ।

हाल शेयर बजारमा टि प्लस थ्री को राफसाफ कार्यान्वयनमा रहेको छ । अर्थात शेयर खरिद बिक्रि भएको ३ दिनभित्र शेयर राफसाफ गरि सक्नु पर्ने हुन्छ । ‘टी प्लस टू’ काे व्यवस्था लागू भएसँगै शेयर कारोबार भएको दिन बाहेक २ दिन भित्र शेयर बिक्रेताले शेयर बेचे बराबरको रकम पाईसक्नु पर्ने हुन्छ भने शेयर खरिदकर्ताको खातामा आफुले खरिद गरेको सेयर आइसक्नु पर्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको