Like us!
Follow us!
Connect us!
Watch us!
अमृतनाथ रेग्मीसँग कुराकानी

उमेर ८६, सेयर बजारमा सकृयता जवानजस्तै

अर्थ संसार टक

आइतबार, ०४ माघ २०७७, ०९ : ५५ मा प्रकाशित

नेपालमा सेयर काराेबार सुरू नहुँदै अमृतनाथ रेग्मीले सेयर बजारमा प्रवेश गरेका हुन् । अहिले उनी ८६ बर्षका भए । अहिले पनि उनी सेयर बजारकाे दैनिक अपडेट लिन्छ्न् । बजारमा नयाँ आएका सेयरमा अनलाईनबाटै आवेदन गर्छन् । कुनै कम्पनीकाे साधारणसभामा उनी अनलाईनबाटै सहभागिता जनाउँछन् । सेयर बजारकाे उतारचढावमा विश्लेषण गर्न पत्रकारहरूले उनैलाई फाेन गर्छन् । सेयर बजारकाे ४ दशकभन्दा बढीकाे अनुभव बाँड्न उनी सक्रिय रहन्छन् । 

तत्कालिन एनआइडिसीकाे महाप्रबन्धक भएर काम गरिसकेका रेग्मीसँग सेयर खरिदबिक्री गर्न चाहनेहरू सल्लाह लिन पनि उत्तिकै धाउँछन् । रेग्मी सेयर बजारमा अल्पकालीन हैन, दीर्घकालिन रूपमा लगानी गर्न मात्र प्रवेश गर्नु पर्ने मत राख्छन् ।

रेग्मीका अनुसार उनले ४ दशकदेखि किनेकाे सेयर उनले जीवनमा ३-४ पटक मात्रै बेचे । मैले किनेकाे सेयर नातिहरूकाे ब्रतबन्ध, छाेराहरूकाे विवाह र छाेरीहरूकाे विवाह गर्नमात्रै बेचेँ, उनी भन्छन्, अब त बुढाे भएँ । बेचेर पैसा के गर्नु र ? 

बजारमा सेेयर किन्न चाहनेहरूलाई उनका केही टिप्स छन् । उनी कम्पनीका संचालककाे ट्र्याक रेकर्ड हेरेर मात्रै लगानी गर्नु पर्ने बताउँछन् । उनै रेग्मीसँग अर्थसंसार डटकमका प्रधान संपादक लीलानाथ घिमिरेले गरेकाे भिडियाे कुराकानीः

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको