आइएमई ग्रुपअन्तर्गत संचालितआइएमई मोटर्स प्रा. लि. द्धारा प्रवद्धित अशोक लेलैण्डले ‘मेघा विन्टरसर्भिस क्याम्प’ देशैभरी आफ्ना १३ सर्भिस सेन्टरहरुमालागु हुनेगरी आज बाट सुरु गरेको छ । यस योजनाअन्तर्गत ग्राहकमहानुभावहरुलाई केन्द्रित गर्दै पार्टस र लुब्रिकेन्टमा ८% छुट, लेबर चार्जमा ३०% छुटका साथसाथै ४५ पोइन्ट फ्रि चेक्अप पनी उपलब्ध हुने कम्पनीले बताएको छ । यस सर्भिस क्याम्पको दौरान ग्राहकवर्गहरुले विभिन्नआकर्षक उपहार साथै ड्राईभरहरुले सुरक्षित ड्राईभिङ्ग सम्बन्धीजानकारी पनिलिन सक्ने छन् ।
यो सर्भिस क्याम्पको अफरहरु आशेक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सिएल भेइकलका कुनै पनि मोडलका गाडीहरुमा लागु हुने छ । यो क्याम्पीङ्गमा ग्राहकवर्गहरुले अशोक लेलैण्डका नेपालभरि रहेका जुनसुकै सर्भिस सेन्टरमा गएर प्राप्त गर्न सक्ने छन् भने डिस्काउन्ट कुपन पनि प्राप्तगर्न सक्ने छन् ।
सुरक्षित गाडिका लागि जेन्युअन पार्टस प्रयोग गरौ भन्ने नारा का साथ सुरु भएको यस योजना माघ ४ गते देखी १५ गते सम्म मात्र लागु हुने छ । 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस