Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बीमाबाट बाहिरियो आइएमई ग्रुप, कसले किन्यो ३४ लाख कित्ता?

अर्थ संसार

आइतबार, २५ चैत्र २०८०, १५ : ३६ मा प्रकाशित

नेपाल पुनर्बीमाबाट बाहिरियो आइएमई ग्रुप, कसले किन्यो ३४ लाख कित्ता?

आइएमई ग्रुप नेपाल पुनर्बीमाबाट बाहिरिएको छ। आइएमई ग्रुप अन्तर्गत सञ्चालित विभिन्न चार कम्पनीको सेयर बेचेर कम्पनी नेपाल पुनर्बीमाबाट बाहिरिएको हो। 

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, हाथवे इन्भेष्टमेन्ट नेपाल र आइएमई लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ३४ लाख लाख कित्ता सेयर बिक्री गरेर बाहिरिएको छ। 

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २० लाख कित्ता, हाथवे इन्भेष्टमेन्टको ६ लाख ५० हजार कित्ता र आइएमई लिमिटेडको ७ लाख ५० हजार कित्ता गरी कुल ३४ लाख सेयर बिक्रीमा आएको हो। 

२८० रुपैंयामा कम्पनीको कारोबार भएको छ। २८० रुपैंयाको दरले आज ९५ करोड २० लाख रुपैंया बराबरको सेयर कारोबार भएको हो। 

कम्पनीको सेयर खरिद गर्दै नेपाल पुनर्बीमामा नेपाल हिमालयन लाइफ इन्स्रोरेन्सको इन्ट्री भएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको