Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको आईपिओमा आवेदकको बाढी, माग भन्दा झण्डै २ गुणा बढी कित्ताको आवेदन

अर्थ संसार

सोमबार, ०५ माघ २०७७, १७ : १८ मा प्रकाशित

माघ २ गतेदेखि आवेदन खुल्ला गरेको नेपाल पुर्वाधार बैंक (निफ्रा) को आईपिओमा आवेदन दिनेको बाढी लागेको छ । 

(आज) सोमबार दिउसो ५ बजे सम्ममा सम्ममा बैंकको आइपिओमा माग भन्दा ६ करोड ६१ लाख १ हजार १७० कित्ताको आवेदन परेको छ ।

बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटल अनुसार कम्पनीको आईपिओमा अहिलेसम्म ११ लाख ८० हजार ११० आवेदकबाट १४ करोड १९ लाख ५२ हजार १७० कित्ता सेयरका लागि आवेदन परेको छ ।

ढिलामा भोली पुस ६ गते बैंकिङ समय सम्ममा सेयर खरिदका लागि आवेदन दिइसक्नुपर्ने छ ।

कम्पनीको जारी पूँजी रु. २० अर्बको ४० प्रतिशतले हुन आउने रु ८ अर्ब रकम बराबरको प्रतिसेयर रु सय अंकित दरका ८ करोड कित्ता सेयर मध्ये ०.२० प्रतिशतले हुन आउने १ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुको लागि तथा ५ प्रतिशतले हुन् आउने ४० लाख कित्ता सेयर सामुहिक लगानी कोषका लागि बाँडफाँड गरी बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण सेयर सर्वसाधारणको लागि छुट्याइएको छ  ।

बैंकको उक्त आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी आईआर त्रिपल बी’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तयि अवस्था मध्यम रहेको, समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको र मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ।

कति दिने आवेदन ?  
लगानीकर्ताहरुले उक्त आइपिओ न्यूनतम १० कित्ता देखि बढीमा २ करोड कित्ताको लागि आवेदन दिन सक्नेछन्  । 

कहिलेसम्म दिने आवेदन ?
लगानीकर्ताहरुले उक्त आइपिओमा माघ २ गतेदेखि छिटोमा माग ६ गतेसम्म र ढिलोमा माघ १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

बिक्री प्रवन्धक को ?
बैंकले जारी गर्न लागेको आइपीओको प्रत्याभूतकर्ता नागरिक लगानी कोष रहेको छ भने शेयर निष्काशन तथा तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

बैंकको अधिकृत पूँजी ४० अर्ब,जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रहेको छ ।  ८ अर्ब रुपैयाँ बराबरको आइपिओ निष्काशन गरेपछि बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ।

डिम्याट खोल्न एनआईसी एसिया क्यापिटलको फुटपाथमा सेवा ! NIC Asia Capital

How To Apply IPO Through MERO SHARE | मेरो सेयरबाट आईपिओमा आवेदन कसरी दिने ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको