Like us!
Follow us!
Connect us!
Watch us!

बजाज डोमिनार २५० खरिद गर्नेलाई विशेष समारोह बीच साँचो हस्तान्तरण

अर्थ संसार

सोमबार, ०५ माघ २०७७, १७ : ५९ मा प्रकाशित

बजाज डोमिनार २५० खरिद गर्नेलाई विशेष समारोह बीच साँचो हस्तान्तरण

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि., बजाज मोटरसाइकलको आधिकारिक विक्रेताद्वारा एक विशेष समारोहबीच नयाँ बजाज डोमिनार २५० खरिद गर्नेलाई साँचो हस्तान्तरण गरेको छ । यही माघ २ गते ज्ञानेश्वरको एटिक रेष्टुरेन्ट भएको उक्त समारोहमा गोल्छा गु्रपका निर्देशक अभिमन्यु गोल्छाले बजाज डोमिनार २५० खरिद गर्र्ने महानुभावहरुलाई साँचो, राइडिङ ब्याग र हेल्मेट रहेको गिप्mट ह्याम्पर हस्तान्तरण गरेका थिए ।

साथै उक्त समारोहमा नै डोमिनार डेस्टिनेशनको पनिजानकारी दिइयो । डोमिनार डेस्टिनेशनको पहिलो इभेन्टमा सहभागी हुनकालागि बजाज डोमिनार २५० खरिद गर्न ईच्छुक महानुभवहरुले अनलाइन फर्म भरि टेकुको बजाज शोरुममा बुझाउनु पर्नेछ । लक्की ड्रबाट छानिएका महानुभावहरुले यही माघ १० गते हुने डोमिनार डेस्टिनेशनको पहिलो इभेन्टमा सुकुटेसम्मको रोमाञ्चक फ्रि राइडमा सहभागी हुने मौका प्राप्त गर्ने छन् ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको