Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल फाइनान्सको लिलामी सेयर बाँडफाँडमा नपरेकाको पैसा आजबाट फिर्ता हुने

अर्थ संसार

मंगलबार, ०६ माघ २०७७, ०७ : ५७ मा प्रकाशित

नेपाल फाइनान्सको लिलामी सेयर बाँडफाँडमा नपरेकाको पैसा आजबाट फिर्ता हुने

नेपाल फाइनान्स कम्पनी लिमिटेडले पुस १७ गते, शुक्रबारबाट पुस २४ गते शुक्रबारसम्म लिलामीमा राखेको अवितरित हकप्रद सेयरमा परेका बाेलपत्रहरू पुस २८ गते, मंगलबार  बाँडफाँड गरेको छ । 

यसैगरी, बोलपत्रमा नपरेका बोलपत्रवालाहरुलाई बोलपत्र फाराममा उल्लेख गरेको बैंक खातामा आज (माघ ६ गते, मंगलबार) बाट रकमान्तर गरिने पनि कम्पनीले जानकारी दिएकाे छ । उक्त सेयरकाे निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेकाे छ ।

फाइनान्सले मंसिर ४ गते, बिहीबारदेखि मंसिर २४ गते बुधबारसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको संस्थापक समूहकाे २ लाख ५५ हजार ७८ कित्ता र सर्वसाधारण समूहको २ लाख ६० हजार एक सय ६९ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे ।

फाइनान्सले प्रकाशन गरेकाे सूचना हेर्नुहोस:- 

6006534b9c3a6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको