Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर रजिष्ट्रारको जिम्मा ग्लोबल आइएमई क्यापिटललाई

अर्थ संसार

मंगलबार, ०६ माघ २०७७, १७ : ३९ मा प्रकाशित

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर रजिष्ट्रारको जिम्मा ग्लोबल आइएमई क्यापिटललाई

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले बैंकको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ।

सो सम्बन्धमा आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रममा बैक र क्यापिटलबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट नायब महाप्रबन्धक विनय नाथ न्यौपाने र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरे ।

अधिकृत पुँजी ४० अर्ब र जारी पुँजी २० अर्ब रहेको नेपालको एक मात्र पुर्वाधार बैंकको रुपमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त उक्त बैंकले हालै मात्र सर्वसाधारण (कर्मचारी र सामुहिक लगानी कोष समेत) को लागि हालसम्मकै ठूलो रकम ८ अर्बको साधारण शेयर निष्कासन गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको