Like us!
Follow us!
Connect us!
Watch us!

सेन्चुरी कमर्शियल बैंकका लगानीकर्ताको आम्दानी घट्दा संचालकको खर्च बढ्यो, सीइओको तलब कति ?

अर्थ संसार

बुधबार, ०७ माघ २०७७, १३ : ५६ मा प्रकाशित

सेन्चुरी कमर्शियल बैंकका लगानीकर्ताको आम्दानी घट्दा संचालकको खर्च बढ्यो, सीइओको तलब कति ?

सेन्चुरी कमर्शियल बैंकका सेयरधनीहरुको प्रतिसेयर आम्दानी २०७५ आषाढ मसान्तसम्ममा ११ रुपैयाँ ३१ पैसा रहेकोमा २०७६ आषाढ मसान्तसम्ममा यो घटेर ८ रुपैयाँ ४ पैसा पुगेको छ बैंकको आम्दानीमा ३ रुपैयाँले गिरावट आएको हो ।

सेयरधनीहरुको आम्दानी घट्दा बैंकको संचालक समितिको खर्च भने झन्डै २ गुणाले बढेको छ अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा कम्पनीको संचालक समितिको  खर्च ४६ लाख ९९ हजार खर्च भएकोमा आर्थिक वर्ष २०७६/७७ मा त्यो बढेर ७९ लाख २८ हजार पुगेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा बैंकको संचालक समितिको खर्च अन्तर्गत बैठक खर्च २६ लाख ८५ हजार रहेको थियो, भने टेलिफोन, मोबाइल, पत्रपत्रिकातर्फ ९ लाख ६७ हजार ८ सय ६ रुपैयाँ खर्च भएको थियो त्यस्तै अन्य खर्च १० लाख ४६ हजार ९ सय १२ रुपैयाँ खर्च भएको थियो ।

त्यसैगरी, आर्थिक वर्ष २०७६/७७ मा बैंकको संचालक खर्च अन्तर्गत बैठक भत्तातर्फ ३० लाख ६ हजार, टेलिफोन, मोबाइल, पत्रपत्रिकातर्फ ९ लाख ५८ हजार र अन्य ३९ लाख ६४ हजार रुपैयाँ खर्च भएको छ ।

त्यसैगरी, बैंकको प्रमुख कार्यकारी अधिकृत सीइओ तुलसीराम गौतम वार्षिक तलब र भत्ता १ करोड २६ लाख रहेको छ । प्रमुख कार्यकारी अधिकृतको अन्य खर्च आर्थिक २०७५/७६ को तुलनामा आर्थिक वर्ष २०७६/७७मा ८७ हजार ५ सयले बढेको छ । अघिल्लो आर्थिक वर्षमा ९ लाख ६२ हजार ५ रहेकोमा २०७६/७७ मा १० लाख ५० हजार पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको