Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा कोरोनाविरुद्धको १० लाख डोज खोप भोलि आउँदै, पहिलो प्राथमिकता कसलाई ?

अर्थ संसार

बुधबार, ०७ माघ २०७७, १५ : ०६ मा प्रकाशित

नेपालमा कोरोनाविरुद्धको १० लाख डोज खोप भोलि आउँदै, पहिलो प्राथमिकता कसलाई ?

नेपालमा कोरोना भाइरस विरुद्धको खोप भोलि आउने भएको छ । भारत सरकारले नेपाललाई उपलब्ध गराउन लागेको कोरोनाविरुद्धको १० लाख डोज खोप भोलि बिहिबार आउने भएको हो । 

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीले  कोरोनाविरुद्धको १० लाख डोज खोप भोलि नेपाल आइपुग्ने जानकारी दिएका हुन् । यो खोप भारत सरकारले नेपाललाई अनुदानस्वरुप दिन लागेको हो । उक्त खोप  फ्रन्ट लाइनमा रहेर काम गर्नेहरुलाई प्राथमिकता दिइने उनले जानकारी दिए ।

पत्रकार सम्मेलनमा भारतीय राजदूत विनय मोहन क्वात्राको पनि सहभागिता रहेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको