कालिका पावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ ।
कम्पनीको माघ १७ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारणसभा माघ ३० गते कम्पनीको रजिष्टार्ड कार्यालय भक्तपुर-१० चितवनमा बिहान ११ बजे हुँदैछ । 
सभामा संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिनुका साथै लेखापरिक्षण प्रतिवेदनसहितको आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा, नोक्सान हिसाव र नगद प्रवाहको विवरण लगायत वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने र लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ । 
कम्पनीले वार्षिक साधारणसभा प्रयोजनको लागि माघ १६ गतेदेखि माघ १९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ ।
त्यसैले माघ १५ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:
                                                                                                                    
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस