Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एसिया बैंकले ६ कम्पनीको संस्थापक सेयर लिलामी गर्ने !

अर्थ संसार

विहीबार, ०८ माघ २०७७, १३ : ३४ मा प्रकाशित

एनआईसी एसिया बैंकले ६ कम्पनीको संस्थापक सेयर लिलामी गर्ने !

एनआईसी एसिया बैंकले विभिन्न ६ कम्पनीमा रहेको आफ्नो स्वामित्वको संस्थापक सेयर आज बिहीबारदेखि लिलामीमा राखेको छ।

बैंकले नागरिक लगानी कोषसहित ६ कम्पनीमा रहेको आफ्नो स्वामित्वको कुल १५ लाख ७९ हजार २७९ कित्ता सेयर लिलामीमा राखेको छ। 

बैंकले नागरिक लगानी कोषमा रहेको २ लाख २ हजार ५६० कित्ता,नेसनल लाइफ इन्स्योरेन्समा रहेको ९४ हजार ८६६ कित्ता, आरएमडीसी लघुवित्तमा रहेको ४ लाख ३६ हजार ३६१ कित्ता,सूर्या लाइफ इन्स्योरेन्समा रहेको १ लाख ८५ हजार ६९४ कित्ता,माहुली सामुदायिक लघुवित्तको ६१ हजार २०० कित्ता र मेरो माइक्रोफाइनान्स लघुवित्तको ५ लाख ९८ हजार ५९८ कित्ता सेयर लिलामीमा राखेको छ।

लिलामीमा राखिएको नागरिक लगानी कोषको न्यूनतम १ हजार ३८४ रुपैयाँ,नेसनल लाइफको ४८२ रुपैयाँ आरएमडीसीको  मूल्य प्रतिकित्ता ५२३ रुपैयाँ,सूर्या लाइफको ३६५ रुपैयाँ माहुली सामुदायिक लघुवित्तको ८१२ रुपैयाँ, मेरो माइक्रोफाइनान्सको ४६३ रुपैयाँ तोकिएको छ । बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

लिलामीमा राखिएको सेयर इच्छुक हाल कायम  संस्थापकहरु वा अन्य योग्य व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। 

बैंकको लिलामी सेयरको धितोपत्र बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र काठमाण्डौको बबरमहलस्थित क्यापिटलको कार्यालय वा एनआईसी एसिया बैंकको काठमाण्डौ थापाथलीस्थित कर्पोरेट कार्यालय तथा शाखाहरु क्रमशः विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतमा पेस गर्न सकिनेछ। 

लगानीकर्ताहरुले नागरिक लगानी कोष, नेसनल लाइफ तथा सूर्या लाइफको लिलामी सेयरमा यही माघ १६ गतेसम्म र आरएमडीसी, माहुली सामुदायिक र मेरो माइक्राफाइनान्सको लिलामी सेयरमा आउँदो फागुन १२ गतेसम्म बोलपत्र पेस गर्न सक्नेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको