Like us!
Follow us!
Connect us!
Watch us!

६ महिनामा ३२ अर्बको डिजेल आयात,के भयो धेरै निर्यात ?

अर्थ संसार

विहीबार, ०८ माघ २०७७, १४ : ५४ मा प्रकाशित

६ महिनामा ३२ अर्बको डिजेल आयात,के भयो धेरै निर्यात ?

यो चालु आर्थिक वर्षको ६ महिनामा सबैभन्दा बढी आयात डिजेल भएको छ । लकडाउनको समयमा गाडी तथा कलकारखाना नचलेका कारण डिजेलको आयात केहि घटेको भए पनि लकडाउन खुलेर सवारी साधन र उद्योगहरु सञ्चालनमा आएसँगै फेरी डिजेलको आयात बढेको हो।

यो छ महिनामा नेपालमा ३२ अर्ब ९३ करोड रुपैयाँ बराबरको डिजेल आयात भएको हो। त्यस्तै अर्धनिर्मित फलाम तथा स्टिलको सामानको आयात पनि धेरै नै छ। यस बिचमा यस्ता सामानहरु २९ अर्ब ६६ करोड रुपैयाँको आयात भएको छ।

बढी आयात हुने बस्तुको तेस्रो स्थानमा मोबाइल फोन रहेको छ। ६ महिनामा २० अर्ब ६३ करोड रुपैयाँको मोबाइल फोन आयात भएको छ। नेपालमा लकडाउन पछि मोबाइल फोनको आयात झनै बढेको छ। 

नेपालबाट सबैभन्दा बढि निर्यात हुने बस्तु

पाम आयलको निर्यातमा भारतले प्रतिबन्ध लगाएपछि त्यसको स्थान भटमासको तेलले लिन खोजेको छ । यो ६ महिनामा १७ अर्ब ३ करोड रुपैयाँ बराबरको भटमास तेल निर्यात भएको छ। । पछिल्लो केहि महिना देखि नै यसको निर्यात बढ्दो क्रममा छ ।

अलौची पनि नेपालबाट धेरै निर्यात हुने बस्तुमध्ये एक हो। भन्सार विभागको तथ्याँक अनुसार भटमासको तेल पछि अलौची सबैभन्दा बढी निर्यात हुने बस्तु हो। पुस सम्ममा विभिन्न देशमा ३ अर्ब ८१ करोड रुपैयाँको अलैची निर्यात भएको छ ।

त्यस्तै चिया र कार्पेट को निर्यात पनि नेपालबाट राम्रो हुने गरेकोछ। यस अवधिमा चिया र कार्पेट   क्रमश २ अर्ब ६३ करोड र ३ अर्ब ५२ करोड  रुपैयाँको निर्यात भएको छ ।

यस अवधिमा विरगञ्ज भन्सारबाट २ खर्ब ८ अर्ब भन्दा बढीको र भैरहवाबाट १ खर्ब २८ अर्बको बस्तु तथा सेवा आयात भएको भन्सार विभागको तथ्याँकले देखाँउछ। निर्यातमा पनि यीनै दुई भन्सारको हिस्सा धेरै छ। विरगञ्ज र भैरहवा भन्सारबाट क्रमशः १९ अर्ब र १५ अर्बको बस्तु तथा सेवा निर्यात भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको