Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा लार्ज क्याप फन्डमा आजबाट आवेदन खुल्ला

अर्थ संसार

शुक्रबार, ०९ माघ २०७७, ०९ : ५९ मा प्रकाशित

सानिमा लार्ज क्याप फन्डमा आजबाट आवेदन खुल्ला

सानिमा क्यापिटल लिमिटेडले आज (माघ ९ गते, शुक्रबार) देखि "सानिमा लार्ज क्याप फन्ड" नामक सामुहिक लगानी कोष निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ । यो सात वर्षे बन्दमुखी प्रकृतिको योजना हो ।  यो म्युचुअल फन्डलाई गत पुस १४ गते नेपाल धितोपत्र बोर्डले निष्कासनको अनुमति दिएको थियो। 

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन खुल्ला गरेकाे हाे । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक सानिमा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्नेछ ।

उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम एक करोड इकाईसम्म माघ ९ गते शुक्रबारदेखि माघ १३ गते मंगलबारसम्म आवेदन दिन पाइनेछ । यस अवधिमा पर्याप्त आवेदन नपरेमा माघ २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त फण्डको इकाईमा लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

सानिमा लार्ज क्याप फन्डकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ :

600a51b283ba5.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको