Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारितसँगै एनसीसी बैंकको साधारणसभा सम्पन्न

अर्थ संसार

शुक्रबार, ०९ माघ २०७७, १६ : २२ मा प्रकाशित

लाभांश पारितसँगै एनसीसी बैंकको साधारणसभा सम्पन्न

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको साधारण सभा २३ औं साधारण सभा शुक्रबार बैंकको केन्द्रीय कार्यालय, बागबजारमा सम्पन्न भएको भएको छ । 

सभामा प्रस्ताव गरिएको १०.२६९५ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.५४०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित सबै प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको छ ।  

यसै साधारण सभाबाट संस्थापक समुह “क” बाट तीन (३) जना र सर्वसाधारण समुह “ख” बाट एक (१) जना महिला सहित तीन (३) जना गरी जम्मा छ (६) जना सञ्चालकहरुको निर्विरोध रुपमा निर्वाचित गरेको छ । साथै साधारण सभा पश्चात बसेको सञ्चालकहरुको बैठकबाट उपेन्द्रकेशरी न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ । समुह “क”बाट सञ्चालकहरुमा मोहन बहादुर बस्नेत र ईमान सिंह लामा निर्वाचित भएका छन् भने समुह “ख” बाट चन्द्रप्रसाद बास्तोला, सुमन कुमारी जोशी र निशेष प्रधान निर्वाचित भएका छन् ।  

साथै, सभाबाट पारित १०.२६९५ प्रतिशत बोनस शेयर पश्चात यस बैंकको चुक्ता पूँजी  १० अर्ब ३१ करोड ४५ लाख १६ हजार ६ सय ८० पुग्नेछ ।  हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १२७ शाखा र १०२ वटा एटिएम सञ्चालन गरी आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ । 

बैंकले आर्थिक वर्ष २०७६र७७ मा  ७९ अर्ब ६१ करोड ७० लाख निक्षेप परिचालन तथा  ६७ अर्ब ८१ करोड ९४ लाख कर्जा प्रवाह गरी खुद नाफा  १ अर्ब १० करोड ८४ लाख आर्जन गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको