Like us!
Follow us!
Connect us!
Watch us!

भ्रमित समाचारको पछि नलाग्न ज्योति विकास बैंकको आग्रह

अर्थ संसार

आइतबार, ११ माघ २०७७, १५ : १० मा प्रकाशित

भ्रमित समाचारको पछि नलाग्न ज्योति विकास बैंकको आग्रह

'ज्योति विकास बैंकको घोटालामा राष्ट्र बैंकको मौनता' भन्ने भ्रमित समाचारको पछि नलाग्न सवैमा बैंकले आग्रह गरेको छ । 

ज्योति विकास बैंकसँग सामान्य सूचना समेत माग नगरी राष्ट्रिय आर्थिक साप्ताहि सेयर बजारमा २०७७ साल माघ ४–१० को अंकमा 'ज्योति विकास बैंकको घोटालामा राष्ट्र बैंकको मौनता' शीर्षकमा यस बैंकको साखमा समेत प्रभाव पर्ने गरी समाचार प्रकाशन भएको र विभिन्न मिति तथा शीर्षकमा यस्तै समाचार नेपालको डिजिटल आर्थिक पत्रिका अर्थ सरोकारसहित केही अन्य नलाईन पोर्टलमा समेत प्रयोग भएको विषयमा यस बैंकको ध्यानाकर्षण गरेको छ । 

सहज पहुँच भएको बृहत् वित्तीय सेवा तथा सूचना मार्फत समस्त नागरिकको जीवनमा सार्थक एमम् शाश्वत समृद्धि प्राप्त गर्ने उद्देश्य लिएर आफ्नो क्षेत्रमा अगाडि बढेको यस बैंकका विषयमा यस्ता भ्रमपूर्ण तथा आधारहीन समाचारबाट बैंकको साखमा प्रतिकूल प्रभाव पार्ने उद्देश्यका साथ समाचार प्रकाशन गर्ने सञ्चारमाध्यमको विश्वसनीयतामा समेत आँच आउने अवस्था रहेको बैंकले जनाएको छ ।  

साथै आफ्नो पवित्र उद्देश्यमा क्रियाशील हुँदैगर्दा यस प्रकारका आधारहीन समाचारप्रति यस बैंक कानून उपचारका लागि समेत बाध्य हुने व्यहोरा सम्बन्धित सवैका जानकारीका लागि अनुरोध गर्दै सम्प्रेषित समाचारको भ्रममा नपर्न सवैमा बैंकले अनुरोध गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको