Like us!
Follow us!
Connect us!
Watch us!

राजस्व संकलन गर्न एनसिएचएल, राष्ट्रिय बाणिज्य बैंक र आइएमई पेबीच सम्झौता

अर्थ संसार

आइतबार, ११ माघ २०७७, १७ : १५ मा प्रकाशित

राजस्व संकलन गर्न एनसिएचएल, राष्ट्रिय बाणिज्य बैंक र आइएमई पेबीच सम्झौता

राष्ट्रिय बाणिज्य बैंकले संकलन गर्दै आइरहेको सरकारी कर तथा राजस्व पीएसपीमार्फत संकलन गर्नको लागि हालै एन.सि.एच.एल, राष्ट्रिय बाणिज्य बैंक र आइएमई डिजिटल सोलुसन लिमिटेडबीच त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ । नेपाल सरकारको डिजिटल नेपाल कार्यक्रम अनुरूप सरकारी राजस्व पी.एस.पी. मार्फत संकलन गर्नको लागि उक्त सम्झौता गरिएको हो । यो त्रिपक्षीय सम्झौता पश्चात सेवाग्राहीहरुले सरकारी राजस्व आइएमई एप प्रयोग गरी सजिलै दाखिला गर्न सक्नेछन् । 

उक्त कार्यक्रममा बोल्दै राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो त्रिपक्षीय सम्झौताले आम सेवाग्राहीहरुलाई सरकारी राजस्व दाखिला गर्न सहज हुने विचार व्यक्त गर्नुभयो ।

आइएमई डिजिटल सोलुसन लिमिटेडका व्यवसाय विकास प्रमुख आमोद भट्टराईले आइएमई पेको तर्फबाट सरकारको डिजिटल अभियान कार्यान्वयनमा ऐक्यबद्धता जनाउँदै विद्युतीय भुक्तानी सेवालाई आम जनमानसको पहुँचसम्म पुर्याउन र सरकारी कर तथा राजश्व भुक्तानी लगायत अन्य सेवा गुणस्तरीय तरिकाले प्रदान गर्न प्रतिवद्ध रहेको विचार व्यक्त गर्नुभयो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको