Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफ इन्स्योरेन्सको ५१% लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

अर्थ संसार

मंगलबार, १३ माघ २०७७, ०८ : ३० मा प्रकाशित

नेपाल लाइफ इन्स्योरेन्सको ५१% लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बम्पर लाभांश सुरक्षित गर्ने आज (माघ १३ गते, मंगलबार) अन्तिम मौका रहेको छ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनको लागि भाेलि माघ १४ गतेदेखि माघ २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले,  आज (माघ १३ गते, मंगलबार) सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

कम्पनीको २०औँ वार्षिक साधारणसभा माघ २८ गते वीरगन्जमा हुँदैछ।

सभाले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरेको ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश गरी कुल ५१ प्रतिशत लाभांश अनुमादन गर्नेछ। 

यसैगरी, सभामा कम्पनीको प्रति शेयर मूल्य हाल एक सय रुपैयाँ रहेकोमा त्यसलाई घटाएर ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पनि पेश हुँदैछ । याे प्रस्ताव नियामक निकायले स्वीकृति दिएपछि मात्र लागू हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको