Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा लार्ज क्याप फण्डमा आवेदन दिने म्याद थप

अर्थ संसार

मंगलबार, १३ माघ २०७७, १३ : ३७ मा प्रकाशित

सानिमा लार्ज क्याप फण्डमा आवेदन दिने म्याद थप

सानिमा क्यापिटल लिमिटेडले  निष्कासन तथा बिक्री खुल्ला गरेकाे "सानिमा लार्ज क्याप फन्ड" नामक सामुहिक लगानी कोषमा आवेदन दिने समय थप गरिएकाे छ । यसअघि माघ ९ गते, शुक्रबारदेखि माघ १३ गतेसम्म दिन पाइने भनिएकाेमा अब माघ २६ गतेसम्म आवेदन दिन पाइनेछ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन खुल्ला गरेकाे हाे । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक सानिमा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गर्नेछ । 
उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम एक करोड इकाईसम्म आवेदन दिन पाइनेछ । 

उक्त फण्डको इकाईमा लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडका अनुसार उक्त फण्डमा साेमबार बेलुका ५ बजेसम्ममा ५० हजार ७  सय ४४ आवेदकले ६१ करोड ३९ लाख ३३ हजार ३ सय रूपैयाँ बराबरकाे आवेदन दिएका 

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको