Like us!
Follow us!
Connect us!
Watch us!

हात खाली नहुने निफ्राको आईपिओ बाँडफाँड यसै साता हुने, कति किता पर्ला ?

अर्थ संसार

मंगलबार, १३ माघ २०७७, १४ : ३१ मा प्रकाशित

हात खाली नहुने निफ्राको आईपिओ बाँडफाँड यसै साता हुने, कति किता पर्ला ?

आम लगानीकर्ताको चासो रहेको नेपाल पुर्वाधार विकास बैंक(निफ्रा) आईपिओ बाँडफाँड भित्र गर्ने तयारीको साथ काम भैरहेको  आइपिओ बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ ।

कम्पनीको आइपिओमा हाल सम्मकै उच्च संख्यामा आवेदन परेको थियो । सकेसम्म शुक्रबार सम्ममा आइपिओ बाँडफाँडको गर्ने तर कुनै कारणबस उक्त दिन हुन नसकेमा शनिबार बिहान बाँडफाँड गरिने क्यापिटलले जनाएको छ ।

आवेदकको संख्या हेर्दा अहिले सम्म ५० कित्ता सम्म माग गर्नेहरुले ५० कित्ता पाउनेछन् भने त्यो भन्दा माथि आवेदन गर्नेहरुका लागि भने कति कित्ता सम्म पाउने भन्ने कुराको र्निधारण ५० कित्ता भन्दा कम आवेदन दिनेको संख्याका आधारमा र्निधारण हुने छ ।

बैंकले माघ २ गते, देखि माघ ६ गते सम्म सर्वसाधारणका लागि आइपिओको आवेदन खुला गरेको थियो ।

बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ७ करोड ५८ लाख ४० हजार सर्वसाधारणको लागि छुट्याइएको थियो । 
निफ्राको आइपिओमा ७ करोड ५८ लाख चालिस हजार कित्ता सेयरका लागी १५ लाख २९ हजार ४६० जनाको आवेदन परेको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको