Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकको ओरालो यात्रा सुरु

अर्थ संसार

बुधबार, १४ माघ २०७७, ०८ : २८ मा प्रकाशित

सानिमा बैंकको ओरालो यात्रा सुरु

वाणिज्य बैंकले धमाधम नाफा कमाएको त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिरहेको बेला सानिमा बैंक लिमिटेडले भने नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

सानिमा बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमाससम्म आइपुग्दा बैकले १ अर्ब ६ करोड २७ लाख  रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको सोही समयको तुलनामा ७ प्रतिशत कम हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले १ अरब १४ करोड ७४ लाख नाफा आर्जन गरेको थियो । 

दोस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ९९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिका २ अर्ब १५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो 

यो अवधिमा सानिमा बैंकको कर्मचारी खर्च ६६ करोड ८२ लाख पुगेको छ भनेअन्य सञ्चालन खर्च ३१ करोड १० लाख रुपैयाँ पुगेको छ । 

हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ६८ करोड र ३ अर्ब रुपैयाँ बराबरको जगेडा कोष  रहेको छ । यस्तै, बैंककाे प्रतिशेयर आम्दानी २२ रुपैयाँ ०२ पैसा र प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ २८ पैसा रहेकाे छ । 
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस् :- 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको