Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकको नाफा घट्यो,प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

बुधबार, १४ माघ २०७७, १० : २९ मा प्रकाशित

नेपाल बैंकको नाफा घट्यो,प्रतिसेयर आम्दानी कति ?

नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

दोस्रो त्रैमाससम्म आइपुग्दा बैकले १ अर्ब ३५ करोड ४ लाख  रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको सोही समयको तुलनामा १९ लाख ७३ हजार रुपैयाँले कम हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले १ अरब ४५ करोड ४ लाख नाफा आर्जन गरेको थियो । 

दोस्रो त्रैमाससम्ममा बैंकले २ अर्ब ९७ करोड १३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष बैंकको ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेपनी कर खर्चमा बृद्धि भएकाले बैंकको खुद मुनाफा केहि अंकले घटेको हो । समिक्षा अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ६७ करोड ८२ लाख रुपैयाँ रहेको छ।

बैंकको चुक्ता पुँजी १२ अर्ब ६३ करोड ६७ लाख रुपैयाँ रहेको र जगेडा कोषमा १५ अर्ब ५९ करोड ३४ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३ अर्ब ३२ करोड रुपैयाँ र शेयर प्रिमियममा ४३ करोड ५९ लाख रुपैयाँ सञ्चित भएको छ ।

बैंकको नाफा सामान्य अंकले घट्दा प्रतिसेयर आम्दानी पनि घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २७ रुपैयाँ ५७ पैसा रहेको बैंकको इपिएस चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा घटेर २१ रुपैयाँ ३७ पैसामा सीमित भएको छ। 

अन्तिम ६ महिनामा बैंकको निक्षेप बढेर १ खर्ब ४८ अर्ब पुगेको छ  भने कर्जा लगानी १ खर्ब ३ अर्बबाट बढेर १ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ। यससँगै बैंकको निष्क्रिय कर्जा अनुपात सामान्य बढेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २.६६ प्रतिशत रहेको बैंकको यस्तो कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २.८८ प्रतिशत पुगेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको