Like us!
Follow us!
Connect us!
Watch us!

घलेम्दी हाइड्रोपावरको संयुक्त वार्षिक साधारण सभा आज हुँदै

अर्थ संसार

विहीबार, १५ माघ २०७७, ०८ : १८ मा प्रकाशित

घलेम्दी हाइड्रोपावरको संयुक्त वार्षिक साधारण सभा आज हुँदै

घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडको संयुक्त वार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीकाे पाँचाै र छैठाैँ वार्षिक साधारण सभा माघ १५ गते, बिहीबार, होटल मुनलाईट पक्नाजोल, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ । 

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७४/७५ र आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । 

त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७४/७५ र आर्थिक वर्ष २०७५/७६ को  लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको