Like us!
Follow us!
Connect us!
Watch us!

घलेम्दी हाइड्रोको पाँचौ र छैठौं साधारणसभा सम्पन्न

अर्थ संसार

विहीबार, १५ माघ २०७७, १७ : ०४ मा प्रकाशित

घलेम्दी हाइड्रोको पाँचौ र छैठौं साधारणसभा सम्पन्न

घलेम्दी हाइड्रो लिमिटेडको पाँचौ र छैठौ वार्षिक साधारणसभा कम्पनीको रजिष्टर्ड कार्यालय बनस्थली काठमाडौंमा बिहीबार सम्पन्न भएको छ ।

घलेम्दी हाइड्रो लिमिटेडका अध्यक्ष किशोर सुवेदीको अध्यक्षतामा  भएको साधारणसभाले आर्थिक वर्ष २०७४/७५ र २०७५/०७६ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । त्यसै गरी आर्थिक वर्ष २०७४/७५ र २०७५/०७६ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरेको छ ।

सभाले कम्पनीको समूह (ख)  अर्थात सर्वसाधारण  सेयरधनीको तर्फबाट मनिषा प्रधान र राजकुमार शर्मालाई संचालक समितिमा नियुक्त गरेको छ ।

सभामा संचालकहरु नारायण बाबु अधिकारी, उत्तम प्रसाद बैध, प्रमोद श्रेष्ठ, शरद राज श्रेष्ठ र टंकप्रसाद बरुवालको उपस्थिति रहेको थियो । सभाको सञ्चालन  कम्पनीका  सचिव अनिल पौडेलले गरेका थिए । सभामा भर्चुअल माध्यमबाट र सभाहलमै सेयरधनीको उपस्थिति रहेको थियो ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको