Like us!
Follow us!
Connect us!
Watch us!

बिद्युत आम्दानी बढेसँगै नोक्सानी घटाउदै घलेम्दी हाइड्रो,आम्दानी २४७.७९ प्रतिशतले बढ्यो

अर्थ संसार

विहीबार, २८ साउन २०७८, ०७ : ०६ मा प्रकाशित

बिद्युत आम्दानी बढेसँगै नोक्सानी घटाउदै घलेम्दी हाइड्रो,आम्दानी २४७.७९ प्रतिशतले बढ्यो

घलेम्दी हाइड्रो लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीको खुद मुनाफा गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा १ करोड ७२ लाख रुपैयाँ ऋणत्मक छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको नाफा  ३ करोड १ लाख रुपैयाँ ऋणात्मक थियो । कम्पनीले बिद्युत आम्दानी बढेसंगै क्रमिकरुपमा नोक्सानी घटाउँदै लगेको देखिन्छ । 

समिक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी २४७.७९ प्रतिशतले बढेर २ करोड ६४ लाख ८ हजार रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले विद्युत बिक्री आम्दानीबाट ७५ लाख ९६ हजार रुपैयाँमा सिमित थियो ।

हाल चुक्ता पुँजी  ५५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोष ४ करोड ५२ लाख ४१ हजार रुपैयाँले ऋणत्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) ३ रुपैयाँ १४ पैसा ऋणत्मक रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ ७७ पैसा रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको