घलेम्दी हाईड्रो लिमिटेडको सातौं वार्षिक साधारणसभा बिहीबार कम्पनीको केन्द्रिय कार्यलय बनस्थली काठमाडौंमा सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष किशोर सुवेदीको अध्यक्षतामा भर्चुअल माध्यमबाट सम्पन्न भएको वार्षिक साधारणसभामा स्वागत मन्तव्य कम्पनीका सञ्चालक नारायण बाबु अधिकारीले गरेका थिए भने कार्यक्रमको सञ्चालन कम्पनीका सचिव अनिल पौडलले गरेका थिए ।
साधारण सभाले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । त्यसैगरी सभाले आ.व २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सम्बन्धित अनुसूचीहरु उपर छलफल गरि पारित गरेको छ । सभाले लेखापरीक्षकको नियुक्ति गर्नुको साथै निजको पारिश्रमिक समेत तोकेको छ ।
कोरोना प्रकोपका कारण भौतिक रुपमा सभामा उपस्थित हुन नसकिने भएपछि कम्पनीका संचालकहरु उत्तम प्रसाद बैंध, प्रमोद श्रेष्ठ, टंक प्रसाद बरुवाल, शरद राज श्रेष्ठ, मनिसा प्रधान र राजु कुमार शर्मा समेत भर्चुअल माध्यमबाट सहभागि भएका थिए भने कम्पनीका सेयरधनीहरुले समेत भर्चुअल माध्यमबाट नै सभामा सहभागिता जनाएका थिए ।
साधारणसभा होटल मुनलाईट, पक्नाजोल, काठमाडौंमा हुने स्थान तय भएपनि कोभिडका कारण कम्पनीले आफ्नै भवनमा सम्पन्न गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस