Like us!
Follow us!
Connect us!
Watch us!

घलेम्दी हाइड्रोपावर घाटामा, ईपिएस नकारात्मक

अर्थ संसार

सोमबार, २१ कार्तिक २०७९, ०७ : ३१ मा प्रकाशित

घलेम्दी हाइड्रोपावर घाटामा, ईपिएस नकारात्मक

घलेम्दी हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनी घाटामा छ ।

उक्त विवरण अनुसार पहिलो त्रैमाससम्ममा कम्पनी ३ करोड २७ लाख ६ हजार रुपैयाँ घाटामा छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ करोड १५ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले १ करोड ६५ लाख २ हजार रुपैयाँ बिजुली बेचेर कमाएको छ यस्तो मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा ८.४७ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ करोड ८० लाख ३० हजार रूपैयाँको बिजुली बेचेको थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ५५ करोड हजार रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भको आकार ७ करोड ६६ लाख ५५ हजार रुपैयाँ नकारात्मक रहेको छ । पहिलो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ५.९५ रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ८६ रुपैयाँ ६ पैसा पुगेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको