Like us!
Follow us!
Connect us!
Watch us!

एक्सलट्रिपको मोबाइल एप डाउनलोड गर्दा दुवई भ्रमण गर्ने मौका

अर्थ संसार

शुक्रबार, १६ माघ २०७७, ११ : २४ मा प्रकाशित

एक्सलट्रिपको मोबाइल एप डाउनलोड गर्दा दुवई भ्रमण गर्ने मौका

नेपालकै पहिलो ओटीए प्लाटफर्म एक्सलट्रिपले नयाँ अफर सार्वजनिक गरेको छ । एक्सलट्रिप नेपालको मोबाइल एप डाउनलोड गरी एक भाग्यशाली प्रयोगकर्ताले निःशुल्क दुबाइको ४ रात ५ दिनको टुरमा जाने मौका पाउनेछन् ।

आन्तरिक पर्यटनलाई चलायमान बनाउन देश तथा विदेश दुवै ठाउँमा प्रचार गरिरहेको एक्सलट्रिपले जनाएको छ । यस पटक, एक्सलट्रिपले उपभोक्ताको लागि निःशुल्क दुबई यात्राको अफर ल्याएको छ । यो अफरमा संलग्न हुन प्रयोगकर्ताले  एक्लसट्रिपको मोबाइल एप डाउनलोड गरि आफ्नो ब्याक्तीगत बिवरण सहित आफ्नो खाता रजिष्टर गर्नु पर्नेछ । 

डाउनलोड गरिएको मोबाइल एप्सको स्क्रिनसट गरी एक्सलट्रिप नेपाललाई मेन्सन गर्दै सामाजिक सञ्जालमा सार्वजनिक गर्नु पर्नेछ । 

यस अफर अन्तर्गत २०७८ वैशास २ गतेसम्म सहभागीहरुबाट भाग्यशाली बिजेताले २०७८ को नयाँ वर्ष दुबाइमा मनाउने अवसर प्राप्त गर्नेछन्।

एक्सलट्रिपको मोबाइल एप र अफिसियल वेबसाइट (xceltrip.com.np)बाट नेपालको ५ वटै डोमेस्टिक एयरलान्स र ८ सय भन्दा बढि होटल र संसारभर २३ लाख भन्दा बढि होटल र ४ सय ५० वटा एयरलान्सबाट २ सय भन्दा बढि डेस्टिनेसनमा बुक गर्न सकिन्छ । 

एक्सलट्रिपमा नेपालकै सम्पुर्ण डिजिटल पेमेन्ट (प्रभु पे, ई-सेवा, फोन पे) लगायत बैकंहरुको मोबाइल बैकिङ एप र सम्पुर्ण बैकं कार्ड प्रयोग गरि नेपाल भित्र वा अन्य देशको पनि होटल र एयरलान्स बुक गर्न सकिन्छ ।

निफ्राको आइपिओको नतिजा अर्थ संसारबाट हेर्न सकिने

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको