Like us!
Follow us!
Connect us!
Watch us!

काेराेना कहरमा पनि यी बैंकले बढाए नाफा, कुन बैंककाे कति ?

कृष्ण भट्टराई

शुक्रबार, १६ माघ २०७७, १५ : ४५ मा प्रकाशित

काेराेना कहरमा पनि यी बैंकले बढाए नाफा, कुन बैंककाे कति ?

अघिल्लो आर्थिक बर्षको पुस मसान्तसम्मको तुलनामा चालु आर्थिक बर्षमा अधिकांश बैंकहरुको मुनाफामा कमी आएको छ । तर केही बाणिज्य बैंकहरूले भने अघिल्लाे बर्षकाे तुलनामा नाफा बढाएका छन् ।

अघिल्लो आर्थिक बर्षको यो अवधिसम्ममा बैंकहरुले २९ अर्ब ९१ करोड रुपैयाँ खुद मुनाफा गरेकोमा चालु आर्थिक बर्षमा यो २.१८ प्रतिशतले घटेर २९ अर्ब २६ करोड रुपैयाँमा सिमित हुन पुगेको छ । हाल जारी पुस मसान्तसम्मको बित्तिय विवरण अनुसार अधिकांश वाणिज्य बैंकहरुको मुनाफा घटेको छ ।

नेप्सेमा सुचिकृत २६ बैंकहरु मध्ये १० बैंकहरुको मात्र नामा बढ्दा १६ बैंकको नाफा घटेको । अघिल्लो आर्थिक बर्षको तुलनामा मुनाफा बृद्धि हुने बैंकहरुः

१.कुमारी बैंकः यो आर्थिक बर्षको पुस मसान्तसम्ममा अघिल्लो आर्थिक बर्षको तुलनामा सबैभन्दा बढी मुनाफा कमाउने बैंक कुमारी बैंक रहेको छ । बैंकले अघिल्लो पुस मसान्तसम्ममा ८० करोड ३० लाख रुपैयाँ मुनाफा हासिल गरेकोमा यो पुस मसान्तमा बैंकको मुनाफा ५१ प्रतिशतले बढेर १ अर्ब २१ करोड रुपैयाँ गुगेको हो ।

२.एनएमबि बैंकः यो आर्थिक बर्षमा एनएमबी बैंकले पनि अघिल्लो आर्थिक बर्षको तुलनामा नाफा बृद्धि गरेको छ । बैंकले अघिल्लो आर्थिक बर्षको पुस मसान्तसम्ममा १ अर्ब ९ करोड रुपैयाँ आम्दानी गरेकोमा यो बर्ष भने १ अर्ब ६१ करोेड मुनाफा हासिल गरेको हो । बैकको यो मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा ४७.६९ प्रतिशतले बढी हो ।

३.प्रभु बैंकः यो आर्थिक बर्षमा प्रभु बैंकले पनि अघिल्लो आर्थिक बर्षको तुलनामा नाफा बृद्धि गरेको छ । बैंकले अघिल्लो आर्थिक बर्षको पुस मसान्तसम्ममा १ अर्ब ८ करोड रुपैयाँ आम्दानी गरेकोमा यो बर्ष भने १ अर्ब ५१ करोेड मुनाफा हासिल गरेको हो । बैकको यो मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा ३९.८६ प्रतिशतले बढी हो ।

४.प्राइम कमर्सियल बैंकः यो आर्थिक बर्षमा प्राइम कमर्सियल बैंकले पनि अघिल्लो आर्थिक बर्षको तुलनामा नाफा बृद्धि गरेको छ । बैंकले अघिल्लो आर्थिक बर्षको पुस मसान्तसम्ममा १ अर्ब ३० करोड रुपैयाँ आम्दानी गरेकोमा यो बर्ष भने १ अर्ब ८१ करोेड मुनाफा हासिल गरेको हो । बैकको यो मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा ३९.४० प्रतिशतले बढी हो ।

५.ग्लोबल आइएमई बैंकः यो आर्थिक बर्षमा ग्लोबल आइएमई बैंकले पनि अघिल्लो आर्थिक बर्षको तुलनामा नाफा बृद्धि गरेको छ । बैंकले अघिल्लो आर्थिक बर्षको पुस मसान्तसम्ममा १ अर्ब ६८ करोड रुपैयाँ आम्दानी गरेकोमा यो बर्ष भने २ अर्ब ३१ करोेड मुनाफा हासिल गरेको हो । बैकको यो मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा ३७.३२ प्रतिशतले बढि हो ।

६.मेगा बैंकः यो आर्थिक बर्षमा मेगा बैंकले पनि अघिल्लो आर्थिक बर्षको तुलनामा नाफा बृद्धि गरेको छ । बैंकले अघिल्लो आर्थिक बर्षको पुस मसान्तसम्ममा ९५ करोड २ लाख रुपैयाँ आम्दानी गरेकोमा यो बर्ष भने १ अर्ब ३० करोेड मुनाफा हासिल गरेको हो । बैकको यो मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा ३७.२८ प्रतिशतले बढि हो ।

७.सिटीजन्स बैंकः यो आर्थिक बर्षमा सिटीजन्स बैंकले पनि अघिल्लो आर्थिक बर्षको तुलनामा नाफा बृद्धि गरेको छ । बैंकले अघिल्लो आर्थिक बर्षको पुस मसान्तसम्ममा ६८ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेकोमा यो बर्ष भने ८७ करोेड ५१ लाख मुनाफा हासिल गरेको हो । बैकको यो मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा २७.२६ प्रतिशतले बढि हो ।

८.नेपाल बंगलादेश बैंकः यो आर्थिक बर्षमा नेपाल बंगलादेश बैंकले पनि अघिल्लो आर्थिक बर्षको तुलनामा नाफा बृद्धि गरेको छ । बैंकले अघिल्लो आर्थिक बर्षको पुस मसान्तसम्ममा ८० करोड ७७ लाख रुपैयाँ आम्दानी गरेकोमा यो बर्ष भने ९४ करोेड १२ लाख रुपैयाँ मुनाफा हासिल गरेको हो । बैकको यो मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा १६.५२ प्रतिशतले बढि हो ।

९.एनआइसी एसिया बैंकः यो आर्थिक बर्षमा एनआईसी एसिया बैंकले पनि अघिल्लो आर्थिक बर्षको तुलनामा नाफा बृद्धि गरेको छ । बैंकले अघिल्लो आर्थिक बर्षको पुस मसान्सम्ममा २ अर्ब १ करोड रुपैयाँ आम्दानी गरेकोमा यो बर्ष भने २ अर्ब ६ करोेड रुपैयाँ मुनाफा हासिल गरेको हो । बैकको यो मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा २.१९ प्रतिशतले बढि हो ।

१०.सनराईज बैंकः यो आर्थिक बर्षमा सनराइज बैंकले पनि अघिल्लो आर्थिक बर्षको तुलनामा नाफा बृद्धि गरेको छ । बैंकले अघिल्लो आर्थिक बर्षको पुस मसान्तसम्ममा ९४ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेकोमा यो बर्ष भने ९४ करोेड ९४ लाख रुपैयाँ मुनाफा हासिल गरेको हो । बैकको यो मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा ०.५३ प्रतिशतले बढि हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको