Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डको निर्णय नौटंकीनै हो, नाटकै हो- राधा पोखरेल

राधा पोखरेल

शनिबार, १७ माघ २०७७, ०८ : १६ मा प्रकाशित

धितोपत्र बोर्डको निर्णय नौटंकीनै हो, नाटकै हो- राधा पोखरेल

नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सेयर कारोबार गर्नलाई अनिवार्य ब्रोकरको बैंक एकाउन्टमा २५% रकम जम्मा गर्नुपर्ने धितोपत्र बोर्डको निर्णयप्रति आपत्ति जनाएकी छन् । उनले धितोपत्र बोर्डको निर्णय गलत भएको भन्दै भत्सना गरेको हुन् ।

हेर्नुहोस् उहाँको भनाइ जस्ताको तस्तै:- 

आइन्दा सेयर कारोबार गर्नकोलाई अनिवार्य ब्रोकरको बैंक एकाउन्टमा २५% रकम जम्मा गरेकै हुनु पर्छ । त्यस्तो व्यक्तिले मात्रै धितपत्रको कारोबार गर्न पाउँछ जुन व्यक्ति वा फर्मले ब्रोकरको खातामा २५% रकम जम्मा गरेको हुनु पर्ने छ । यदी यो कुरा धितोपत्र बोर्डले आधिकारिक रुपमै पत्राचार गरी ब्रोकरहरुलाई भनेको हो भने हाम्रो संघ यस कुराको घोर निन्दा एवंम् भत्सना गर्दछ ।

 यस्तो कुरालाई आपसी समझदारी ( ब्रोकर र लगानीकर्तामा)  छोडिदिनु बेस हुन्छ भन्ने हाम्रो संघको मान्यता रहदै आएको छ । यदी ब्रोकरले कुनै लगानीकर्तालाई बिश्वास गरेर बोर्डले तोकेको  २५% रकम मेरै ओडिको रकमबाट लगानीकर्ताको खातामा राखि दिन्छु तिमिलाई  चाँहिदो लिमिट पनि दिन्छु कारोबार मेरैबाट गरौं भन्छ भने  बोर्डलाई कहाँ नेर बाधा पर्यो ? अनि किन यसो गरिस् भने छानबिनको दायरामा ल्याई तिमी ब्रोकरलाई कारवाही गर्छु भनेर बोर्ड अध्यक्ष भिष्माराज ढुड.ाना ज्यूले भन्नुभएको हो भने यो सरासर गलत कदम हुन जान्छ ।

 यस चिजले धितोपत्रको कारोबारकै मानमर्दन गर्ने निश्चित छ । लगानीकर्ता जाग्नुको बिकल्प छैन ।  ‘जुठो खानु मिठोको आशले’ भने जस्तो त्यस्तो कुनै एक लगानीकर्ताको मात्रै बार्षिक कारोबारबाट आर्जित कमिसन रकमले  ब्रोकर अफिसका तमाम कर्मचारीलाई तलब दिई अझै घरभाडा समेत तिर्न मिल्ने रकम आई रहेको पो छ की ?  नड. र मासु जस्तो गरी रहेको ब्रोकर र लगानीकर्तालाई किन छिन्न भिन्न पार्नु ? बदनियत भएको छ भने पो कारवाही गर्नु पर्यो त ! 

यस्तो कुरामा बोर्डको किन टाउको दुखेको होला ? हो ब्रोकरले सेयर बिक्रेतालाई  समयमा रकम भुक्तानी दिएन वा समयमा डिम्याट खातामा सेयर पठाएन भने पो बोर्डले चासो राख्ने हो त ।मैले बुझ्न नसकेको  यस्तो काल्पनिक कुरा गरेर बोर्डले समय किन फालेको होला ? यदी ब्रोकरले कुनै लगानीकर्ता संग सेयर किनेको पैसा महिनौ दिन सम्म ताकेता नगरी धितोपत्र  बिक्रेतालाई तोकिएकै समयमा रकम भुक्तानी गर्छ भने बोर्डलाई किन ‘खसखस’ लगेको हो ? यस्ता बेफँकका कुरामा लाग्नु सट्टा बोर्ड अन्य सुधारका काममा लागे हुन्न ?  काम पाईनस् बुहारी गुन्द्रुकमा स्त्रि ला भनेकै यही हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको