Like us!
Follow us!
Connect us!
Watch us!

छुट्ला है नागरिक लगानी कोषको हकप्रद, अब २ दिन मात्र बाँकी

अर्थ संसार

आइतबार, १८ माघ २०७७, ०८ : १६ मा प्रकाशित

छुट्ला है नागरिक लगानी कोषको हकप्रद, अब २ दिन मात्र बाँकी

नागरिक लगानी कोषले आफ्ना सेयरधनीहरुका लागि पुस २८ गतेबाट निष्काशन तथा विक्री खुल्ला गरेको हकप्रद सेयरमा आवेदन दिन मौका अब २ मात्र रहेको छ ।

सेयरधनीहरुले उक्त हकप्रदमा माघ १९ गते बैंकिङ समयसम्ममा मात्र आवेदन दिन सक्नेछन् । 

कोषले सेयरधनीहरुलाई १:०.८२ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । १०० रुपैयाँ अंकित मूल्यका १ करोड ३५ लाख ९२ हजार कित्ता हकप्रद सेयरमा सेयरधनीहरुले आवेदन दिन सक्नेछन । 

कोषले  हकप्रद सेयर प्रयोजनको लागि पुस १४ गते कोषले बुकक्लोज गरिसकेकाले पुस १३ गते सम्म कायम सेयरधनीहरुले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउने छन् । 

उक्त हकप्रदको बिक्रि प्रबन्धक आरबीबी क्यापिटल रहेको छ ।

कहाँ-कहाँबाट दिने आवेदन ?
सेयरधनीहरुले यो हकप्रद सेयर खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त आस्वा सेवामा सहभाभागी बैंक तथा वित्तीय संस्थाहरु, टेकुस्थित आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड, नागरिक लगानी कोषको काठमाण्डौ नयाँबानेश्वरस्थित केन्द्रीय कार्यालय र शाखाहरु विराटनगर र पोखराबाट, राष्ट्रिय वाणिज्य बैंकका शाखाहरु वीरगन्ज, जनकपुर, भरतपुर, बनेपा, बागलुङ, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी, हेटौँडा, बिर्तामोडका साथै मेरो सेयरको एप्लीकेशन र मेरो सेयरको वेबसाइट मार्फत अनलाइनबाट पनि आवेदन दिन सकिने छ । 

कोषले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-
 

601617f74306f.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको