Like us!
Follow us!
Connect us!
Watch us!

अफवा फैलाउने समाचार पोर्टलको भरोसा नगरौं, सुझबुझका सेयर कारोवार गरौं

राधा पोखरेल

आइतबार, १८ माघ २०७७, १४ : ११ मा प्रकाशित

अफवा फैलाउने समाचार पोर्टलको भरोसा नगरौं, सुझबुझका सेयर कारोवार गरौं

हिजोको मेरो फेसबुक पोष्टको बिषयमा साथिहरु माझ धितोपत्र बोर्ड द्वारा जारी गरिएको निर्देशनको बिषयमा हो वा होइन भन्ने कुरालाई लिएर चर्चा भएको थियो । र, आज बिहान धितो पत्र वोर्डका अध्यक्ष भिष्मराज ढुड्गाना ज्यू सँग भएको टेलिफोन कुराकानी बमोजिम नगदै राख्नु पर्ने नभै सेयर किनेको भोलिपल्ट की ब्रोकरसंग मार्जिन लिएर भुक्तानी गर्नु यात चेक वा नगद दिएर भुक्तानी गर्नु र सेयर बिक्रेतालाई ब्रोकरहरुले पनि T+ 2 भित्रमा अनिवार्य भुक्तानी गर्नु भनि निर्देशन दिएको हो भन्नु भयो । यसबाट आम लगानीकर्ता त्रसित हुनु पर्ने अबस्था देखिएन् ।

बजारमा अस्थिरता कायम गरि साना लगानीकर्तालाई अत्याएर बजारमा चलखेल गर्न खोज्नेको बिरुद्ध हाम्रो संघ सदैव लाग्दै आएको छ । यस विषयमा केही न्युज पोर्टलहरुले कपोल कल्पित, भ्रामक, दुरासयपूर्ण अफवा फैलाएर बजार आफू अनुकुल बनाउन खोजेको प्रष्टै हुन्छ । म स्वयम् ले पनि अब्वलकहलिएका आर्थिक पोर्टलहरुको समाचारलाई आधार मान्दै आएको थिएँ । तर त्यस्ता पोर्टलहरुको समाचारलाई मात्र आधारमानी बिचार बनाउनु गलत रहेछ भन्ने महशुस गरें । आम लगानीकर्ता मित्रहरुले समेत गलत अफवा फैलाउने समाचार पोर्टलहरुको मात्र पूर्ण भरोसा नगरी सुझबुझका साथ सेयर कारोवारमा सहभागिता जनाउनु हुन समेत अपिल गर्दछु ।

अन्तमा म के अवगत गराउँन चाहन्छु भने बजारमा एकथरी विभिन्न अफवाह फैलाउँदै भ्रमको खेति गर्नेहरु बजारमा अस्थिरता चाहदै लगानीकर्तालाई पासोमा पार्न जाल थाप्न सदा प्रयत्न सिल रहन्छन् । यसै सन्दर्भमा लगानीकर्ताहरु लाई अबगत गराउन चाहन्छु की हल्लाको पछाडि दौडिएर आफु सँग भएको सुनलाई पितल नवनाउँनु होला । संयम र धैर्यताको साथ जोखिम बहन गर्न सक्ने गरि हेरेर लगानी गर्नुहोला ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको