Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषको हकप्रदमा आवेदन दिने अन्तिम मौका आज

अर्थ संसार

सोमबार, १९ माघ २०७७, ०८ : १९ मा प्रकाशित

नागरिक लगानी कोषको हकप्रदमा आवेदन दिने अन्तिम मौका आज

नागरिक लगानी कोषले आफ्ना सेयरधनीहरुका लागि पुस २८ गतेबाट निष्काशन तथा विक्री खुल्ला गरेको हकप्रद सेयरमा आवेदन दिन मौका आज (माघ १९ गते, सोमबार) मात्र रहेको छ ।

कोषले सेयरधनीहरुलाई १:०.८२ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । १०० रुपैयाँ अंकित मूल्यका १ करोड ३५ लाख ९२ हजार कित्ता हकप्रद सेयरमा सेयरधनीहरुले आवेदन दिन सक्नेछन । 

कोषले  हकप्रद सेयर प्रयोजनको लागि पुस १४ गते कोषले बुकक्लोज गरिसकेकाले पुस १३ गते सम्म कायम सेयरधनीहरुले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउने छन् । 
उक्त हकप्रदको बिक्रि प्रबन्धक आरबीबी क्यापिटल रहेको छ ।

कहाँ-कहाँबाट दिने आवेदन ?
सेयरधनीहरुले यो हकप्रद सेयर खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त आस्वा सेवामा सहभाभागी बैंक तथा वित्तीय संस्थाहरु, टेकुस्थित आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड, नागरिक लगानी कोषको काठमाण्डौ नयाँबानेश्वरस्थित केन्द्रीय कार्यालय र शाखाहरु विराटनगर र पोखराबाट, राष्ट्रिय वाणिज्य बैंकका शाखाहरु वीरगन्ज, जनकपुर, भरतपुर, बनेपा, बागलुङ, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी, हेटौँडा, बिर्तामोडका साथै मेरो सेयरको एप्लीकेशन र मेरो सेयरको वेबसाइट मार्फत अनलाइनबाट पनि आवेदन दिन सकिने छ । 

कोषले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-

601769624563b.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको