Like us!
Follow us!
Connect us!
Watch us!

रिडी हाइड्रोपावरको नाफामा गिरावट

अर्थ संसार

मंगलबार, २० माघ २०७७, १३ : २४ मा प्रकाशित

रिडी हाइड्रोपावरको नाफामा गिरावट

रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

कम्पनीले सो अवधिमा १ करोड ९३ लाख ८१ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षभन्दा सोहि अवधिको तुलनामा कम्पनीको नाफामा ११.६६ प्रतिशत घटेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले नाफा २ करोड १९ लाख ४० हजार रुपैयाँ  थियो ।  

यस वर्ष कम्पनीले विद्युत विक्रीबाट गत वर्षभन्दा ५.४२ प्रतिशत बढी ३ करोड ९ लाख २२ हजार रुपैयाँ विद्युत विक्रीबाट आम्दानी गरेको छ भने ५५.९० प्रतिशत बढी ३ करोड ७५ लाख ८५ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

कम्पनीको चुक्ता पूँजी ५८ करोड ५५ लाख ५८ हजार रुपैयाँ, जगेडा कोष २ करोड ४ लाख २३ हजार रुपैयाँ रहेको छ भने  प्रतिसेयर आम्दानी  ६.६२ रुपैयाँ र  प्रतिशेयर नेटवर्थ १०३. ४९ रहेको छ । 
कम्पनीले सार्वजनिक गरेको सूचना हेर्नुहोस् :- 

601902b14e431.JPG 601902b541434.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको