Like us!
Follow us!
Connect us!
Watch us!

भृकुटिमण्डपमा सुरू भयाे बृहत जुत्ता चप्पल मेला, ५०% सम्म छुट

अर्थ संसार

शुक्रबार, २३ माघ २०७७, ०९ : २३ मा प्रकाशित

भृकुटिमण्डपमा सुरू भयाे बृहत जुत्ता चप्पल मेला, ५०% सम्म छुट

लामाे समयकाे अन्तरालपछि राजधानीकाे भृकुटीमण्डपमा जुत्ता, चप्पल व्यापार मेला सुरु भएको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएशन अफ नेपालले कोभिडका कारण सुस्ताएकाे बजारलाइ चलायनमान बनाउन जुत्ताचप्पलकाे बृहत मेला आयाेजना गरेकाे हो । प्रदर्शनीको उद्घाटन नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले गरेका थिए । 

मेलामा नेपालका चर्चित जुत्ताचप्पल उत्पादक ब्रान्डहरु फिटराइट, ल्यान्डवाक, फ्रस्टवाक-आगास, कोशेली, रन, सुल्यान्ड, हाइलाइफ, क्रसरोड, रोयल सुज, बिएफ डियरहिल, गोल्डस्टार, बोस सुज, किम सुज, भेनस, फुट स्टेप, शिखर सुज, व्याम्बो सुज, पीजीलगायतकाे सहभागीता छ ।

एक्स्पोमो उपभोक्ताहरुले स्वःस्फुर्त रुपमा प्रदर्शनीमा राखिएका बस्तुहरु अवलोकन गरि मुल्याङ्कन एवं तुलनात्मक रुपमा छनौट गरी सुपथ मुल्यमा खरीद गर्ने अवसर पाउने मेला संयाेजक तथा फुटवेयर मेनुफेक्चरर एसाेसिएसनका अध्यक्ष कृष्णकुमार फुयाल बताउँ छन । मेलामा उपभाेक्ताले २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट पाउने राेयल सुजका अध्यक्ष भिमलाल पाैडेलले जानकारी दिए ।

लामाे समयदेखि बजार जान नपाएका ग्राहकले एउटै छानामुनि नेपालका उत्कृष्ट ब्राण्डका जुत्ताचप्पल छानेर खरिद गर्न पाउने भएका मेला एउटा राम्राे अबसर हुने विएफ डियर हिलका प्रबन्ध निर्देशक हाेमनाथ उपाध्याय बताउँछन् ।  

मेलामा छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता, स्कुल कलेजका युनिफर्म जुत्ता, जेन्ट्स तथा लेडिज चप्पल उपलब्ध छन् । मेला आगामी फागुन १० गतेसम्म संचालन हुने छ ।

मेलाकाे उद्घाटन गर्दै चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजजी श्रेष्ठले कोभिडका कारण आयात निर्यात बन्द भएको अवस्थामा स्वदेशी उत्पादनले माग धानेको बताउँदै आगामी दिनमा स्वदेशमा मात्रै नभएर आकर्षक तथा नयाँ डिजाइनका जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको उत्पादन गरी बिदेशमा निर्यात गर्न जुत्ता उत्पादकहरूले ध्यान दिनु पर्ने बताए । 

 

601cbee606d0f.jpg 601cbeec538af.jpg 601cbef14a5a6.jpg 601cbef58ca40.jpg 601cbef67aca7.jpg 601cbefc48654.jpg 601cbefe6a419.jpg 601cbf0219c06.jpg 601cbf0304ec7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको