Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना कहरको दुई बर्षपछि भृकुटी मण्डपमा जुत्ताचप्पल सेल मेला

अर्थ संसार

शुक्रबार, ०५ कार्तिक २०७८, १६ : ५३ मा प्रकाशित

कोरोना कहरको दुई बर्षपछि भृकुटी मण्डपमा जुत्ताचप्पल सेल मेला

कोरोनाले दुई बर्षदेखि जुत्ताचप्पल किन्न पाउनु भएको छैन ? राजधानीका उपभोक्ताको प्रतीक्षाको घडी सकिएको छ । शिखर सुजले राजधानीको भृकुटीमण्डपमा जुत्ताचप्पलको विन्टर सेल मेला सुरु गरेको छ । शिखरको आधिकारिक विक्रेता शिखर पियु इन्डस्ट्रिजले संचालन गरेको मेलामा अविश्वसनीय मूल्यमा शिखर सुजका जुत्ताचप्पल उपलब्ध हुने मेला संचालक राजु उप्रेतीले बताए ।

‘मेलामा उपभोक्तालाई असामान्य छुट उपलब्ध हुने छ, उनले भने । दुई बर्षदेखि मेलामा जुत्ताचप्पल किन्न नपाएका उपभोक्तालाई लक्षित गरि मेला सुरु गरिएको उप्रेतीले बताए । कोरोना महामारीले लामो समयदेखि मेला महोत्सव ठप्प भएको झण्डै दुई बर्षपछि मेला आयोजना गरिएको हो ।

मेलामा कोरोना संक्रमण रोक्न स्वास्थ्य सुरक्षाका सबै विधि अपनाइएको छ । मेला प्रवेश गर्नेहरुका लागि गेटमै स्यानिटाइजर र मास्कको ब्यवस्था गरिएको छ । ग्राहकले दुरी कायम गरेर जुत्ताचप्पल छान्न सक्ने ब्यवस्था मिलाइएको छ ।

‘शिखरको एकल सेला मेला जुत्ता चप्पल किन्नेहरुका लागि निकै सस्तोमा लिने मौका हुनेछ, उप्रेतीले भने, अत्यन्त सस्तो दाममा उपलब्ध गराइने भएकाले उपभोक्ताले बर्षभरिका लागि चाहिने जुत्ता चप्पल यही मेलामा एकै पटक किन्न सक्नेछन् ।

उनका अनुसार मेलामा २ हजार रुपैयाँमा सम्पूर्ण परिवारका लागि जुत्ताचप्पल उपलब्ध हुनेछन् । मेलामा शिखरले उत्पादन गरेका सबै प्रकारका जुत्ता उपलब्ध रहेका छन् । नयाँदेखि स्टकमा रहेका मेलामा महिलाका लागि उपयुक्त हुने जुत्ताचप्पलसमेत राखिएका छन् । शिखरले पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कलेज र कर्मचारीको युनिफर्मका जुत्ता मेलामा उपलब्ध गराएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको