Like us!
Follow us!
Connect us!
Watch us!

भृकुटीमण्डपको जुत्ता चप्पल मेला “भृकुटीमण्डप मै”

अर्थ संसार

सोमबार, १२ पुस २०७८, १९ : १२ मा प्रकाशित

भृकुटीमण्डपको जुत्ता चप्पल मेला  “भृकुटीमण्डप मै”

प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा जुत्ता चप्पलको वृहत मेला सुरु भएको छ । आज मंगलबारबाट सुरु भएको यस प्रदर्शनीमा नाम चलेका भेराइटी शुज, ब्लयुचिप शुज, प्राइड स्वदेशी जुत्ता , बोस शुज,फुटस्टेप शुज, बेम्बो, एस लेदर जस्ता ब्राण्डहरु सहभागी छन् ।

ग्राहकहरुको उच्च मागका कारण आफूहरुले भृकुटीमण्डपमा जुत्ता चप्पल मेला सुरु गरिएको आयोजकको भनाई छ । दुई हजारभन्दा बढी आधुनिक मोडलका जुत्ता चप्पल रहेको यस मेलामा ग्राहकलाई छ महिनाको वारेन्टीका साथै भारी छुटको पनि व्यवस्था गरिएको छ । 

नेपालमै अन्तर्राष्ट्रियस्तरका गुणस्तरीय जुत्ता चप्पल सुपथ मूल्यमा पाउने भएकाले ग्राहकको निकै आकर्षण बढेको आयोजकमध्येका एक सविन कार्कीले जानकारी दिए । उनले पहिलो दिनमै उपभोक्ताको निकै धेरै आकर्षण देखिएको बताए ।

मेलामा जाडो मौसमलाई लक्षित गरेर सुरु गरिएको यस मेलामा बच्चाबच्चीदेखि वृद्धसम्म, पार्टी शुदेखि स्पोर्ट्स शुज, लेडिज र जेन्स सबैका लागि उपयोगी जुत्ता चप्पलहरु राखिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको