Like us!
Follow us!
Connect us!
Watch us!

भृकुटीमण्डपमा जारी जुत्ताचप्पल मेलामा जुत्ता छान्दै प्रदीप पौडेल (फोटोफिचर)

अर्थ संसार

शनिबार, ०२ बैशाख २०८०, १० : २८ मा प्रकाशित

भृकुटीमण्डपमा जारी जुत्ताचप्पल मेलामा जुत्ता छान्दै प्रदीप पौडेल  (फोटोफिचर)

नेपाली कांग्रेसका प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले स्वदेशी जुत्ता चप्पल मेलाको अवलोकन गरेका छन् ।

गत बिहीबार काठमाडौंको भृकुटी मण्डपमा जारी जुत्ता चप्पल मेलाको उनले अवलोकन गरेका हुन् । अवलोकनका क्रममा उनले व्यवसायीहरुका समस्या र गुनासा सुनेका थिए । व्यवसायीहरुले उक्त क्षेत्रमा रहेका सम्भावना, चुनौतिहरु उनलाई सुनाएका थिए । वास्तविक व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाहरुले सहुलियतमा ऋण प्रदान नगरेको व्यवसायहरुको गुनासो थियो ।

व्यवसायीहरुको समस्या समाधानका लागि सक्दो पहल कदमी चाल्ने उनले बताएका छन् । उक्त क्षेत्रका व्यवसायीहरुको समस्या आफूले सरकार र पार्टीमा पनि गम्भीर छलफल गर्ने र स्वदेशी जुत्ता चप्पलको उत्पादन र प्रयोगलाई प्रोत्साहन र सहजीकरण गर्ने उनले वचन दिए

643a2c2c125b8.jpg 643a2c2c349dd.jpg 643a2c2c38674.jpg 643a2c2c59c9e.jpg 643a2c2c68769.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको