Like us!
Follow us!
Connect us!
Watch us!

भृकुटीमण्डपमा सुरु भयो जुत्ताचप्पल मेलाः २५ भन्दा बढी चर्चित ब्राण्ड एकै छानामुनि

अर्थ संसार

विहीबार, २५ कार्तिक २०७८, २० : १५ मा प्रकाशित

भृकुटीमण्डपमा सुरु भयो जुत्ताचप्पल मेलाः २५ भन्दा बढी चर्चित ब्राण्ड एकै छानामुनि

काठमाडौं उपत्यकाका बासिन्दाले मुलुकका चर्चित २५ भन्दा बढी ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानीछानी किन्न पाउने भएका छन् । फुटवेयर मेनुफयाक्चरर्स एसोसिएसन अफ नेपालले कात्तिक २६ देखि काठमाडौंको भृकुटीमण्डपमा जुत्ता चप्पल व्यापार मेला आयोजना गर्ने भएको छ ।

स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेलामा मेलामा उपभोक्ताले भारी छुटमा गुणस्तरीय जुत्ताचप्पल किन्न पाउने मेला आयोजक समितिका उपसंयोजक सुरज बन्जाडेले जानकारी दिए ।

मेलामा रन, शिखर, सुल्याण्ड, हाइलाइफ, क्रसरोड, ल्याण्डवाक, स्मार्ट सुज, युनाइटेड लेदर, फस्र्ट वाक, बिएफ स्पोर्ट, सफ्टटच, गोल्ड स्टार, कोसेली, म्याजिक, बोस सुज, फुट स्टेप, केटिएम, फिट राइट, स्टाइललगायतका ब्राण्डका जुत्ताचप्पल उपलब्ध हुने छन् ।

मेलामा ३ हजारभन्दा बढी डिजाइनका १५० देखि १० हजार रुपैयाँसम्मका जुत्ताचप्प्ल उपलब्ध हुने रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए । मेलामा ७० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल किन्न पाइने आयोजकले जनाएको छ ।

मेलामा जाडोका जुत्ताचप्पल विशेष आकर्षण हुनेछन् । मेलामा पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कलेज र कर्मचारीको युनिफर्मका जुत्ता, पियु चप्पल लगायत पुरुष, महिला र बालबालिकालगायत हरेक ब्यक्तिलाई चाहिने सबै प्रकारका जुत्ताचप्पल उपलब्ध छन् ।

कोरोना महामारीले मेला महोत्सव बन्द रहेका बेला जुत्ता उत्पादकहरुको छाता संगठनले पहिलो पटक बृहद् रुपमा जुत्ताचप्पल मेला आयोजना गर्न लागेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको